दुइ टाउका भएकी बालिकाको शल्यक्रिया


जन्मिँदै दुइवटा टाउका भएकी
एक अफगानिस्तानी बालिकाको सफल शल्यक्रिया भएको छ । डाक्टरहरुले निकै जटिल मानिएको उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी ती बालिकाको एउटा अतिरिक्त टाउको हटाउन सफल भएका छन् ।
आसरी गुल नामकी ती बालिकाको जलालावादस्थित एक अस्पतालमा शल्यक्रिया भएको हो । ती बालिकाको जन्मिँदै टाउकोको पछिल्लो भागबाट अर्को टाउको पलाएको थियो ।
डाक्टरहरुले अफगानिस्तानमा भएको त्यो शल्यक्रिया अफगानी इतिहासकै सबैभन्दा नौलो शल्यक्रिया भएको बताएका छन् ।
ती बालिकाकी आमाले जन्माएका जुम्ल्याहा छोरी मध्ये एकको अवस्था सामान्य थियो भने अर्की ती बालिकाका दुइवटा टाउका थिए । छोरीको टाउकोमा दोश्रो टाउको पलाएको देखेपछि बाउआमा निकै चिन्तित बने र उपचारका लागि अस्पतालमा पुगे । तर दुइ महिनासम्म ती बालिकाको शल्यक्रिया गर्ने हिम्मत अफगानिस्तानको कुनै अस्पतालले गरेन । अन्ततः जलालावादको एक अस्पतालले ती बालिकाको निशुल्क शल्यक्रिया गरिदिने निधो गर्यो र एक हप्ताअघि ती बालिकाको सफल शल्यक्रिया गरियो । उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि बिहिबार घर पठाइएको छ ।
डाक्टरहरुका अनुसार पाठेघरमा तिनवटा भ्रुणको विकाश हुने क्रममा तेश्रो भ्रुणको विकशित हुन नसकेपछि त्यसको अंश दोश्रो भ्रुणसँग टाँसिएका कारण दुइ जुम्ल्याहामध्ये एक बालिकाको टाउकोमा त्यस्तो अतिरिक्त टाउको जोडिन पुगेको हो । स्मरण रहोस् एक महिनाअघि भारतमा ढाड जोडिएका दुइ नाइजेरियाली बालिकाको सफल शल्यक्रिया गरि छुट्टाइएको थियो ।

No comments:

Post a Comment