नेपालले विश्व सुन्दरी प्रतियोगितामा


नेपालले विश्व सुन्दरी प्रतियोगितामा पहिलो पटक उपाधि
जितेको छ । मिस नेपाल इशानी श्रेष्ठले विश्व सुन्दरी प्रतियोगितामा ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’ मा उपाधि जित्दै नेपाललाई पहिलो पटक विश्व सुन्दरी प्रतियोगिताको उपाधि दिलाएकी हुन् ।
विश्व सुन्दरी प्रतियोगितामा सहभागि सुन्दरीहरुले गरेको सामाजिक कामको मुल्यांकन गरेर दिइने उपाधि इशानिले पाएकी हुन् । इशानीले काठमाडौंमा आफ्नै सक्रियतामा रकम संकलन र डाक्टरको जोहो गरेर बिकट जुम्लामा पुगेको स्वास्थ्य शिविर र उपचार गराएकी थिइन ।
मिसवल्र्ड प्रतियोगिताको आधिकारीक वेवसाइटले उल्लेख गरे अनुसार इशानीले सञ्चालन गरिरहेको उक्त स्वास्थ्य कार्यक्रममा सघाउन आयोजकले १० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । इशानिले ७० देशका सहभागीलाई उछिन्दै पहिलो पटक नेपाललाई उपाधि दिलाइकी हुन् ।
यो अवार्ड जितेपछि आफ्नो फेसबुक पेजमा इशानीले नेपालका लागि विश्व सुन्दरी प्रतियोगिताबाट एउटा अवार्ड ल्याउन सफल भएको भन्दै खुसी साटेकी छिन् । यस्तै इशानी मल्डिमिडियातर्फ तेश्रो भएकी छिन् । विश्व सुन्दरी प्रतियोगिताको फाइनल प्रतियोगिता इन्डोनेशियाको बालीमा आइतबार हुँदैछ । जसमा सहभागी ११ अन्तिम प्रतिस्पर्धिमा इशानि मसेत पर्न सफल भएकी छिन् । अन्तिम चरणमा विश्वभर प्रत्यक्ष प्रशारण हुने कार्यक्रममा इशानिले नेपाली पहिरनको साथमा नेपाली नृत्य देखाउने भएकी छिन् ।

No comments:

Post a Comment