जापानी कम्पनी फुजित्सुले अत्याधुनिक
लठ्ठीको
निर्माण गरेको छ । यो लट्ठीले वृद्धवृद्धालाई बाटो देखाउने मात्र
होइन उनीहरुको स्वास्थ्यको अवस्थाका बारेमा पनि जानकारी दिनेछ ।
नेक्स्ट जेनेरेसन केन नाम दिइएको उक्त
आधुनिक लट्ठीमा जिपिएस प्रविधि जडान गरिएको छ । यसले बुढाबुढीलाई बाटो
पहिल्याउन सहयोग गर्ने मात्र होइन उनीहरुले सरीरको तापक्रम र मुटुको गतिका
बारेमा पनि जानकारी दिनेछ ।
घरको कोही सदस्य यो लट्ठी टेकेर बाहिर
गएको छ भने उसको अवस्थाका बारेमा घरमै बसेर अनलाइन मार्फत जानकारी पाउन
सकिन्छ । यदि लट्ठी टेक्ने लड्यो भने तुरुन्त इमेल अलर्ट आउँछ र घरमै
त्यसको तत्काल जानकारी पाउन सकिन्छ ।
जापानमा बुढाबुढीको संख्या बढिरहेको हुँदा
सोही कुरालाई दृष्टिगत गरी आविष्कार गरिएको आधुनिक लट्ठी निकै उपयोगी हुने
विश्वास गरिएको छ ।
बार्सिलोनामा आयोजित मोबाइल कंग्रेसमा
सार्वजनिक गरिएको यो आधुनिक लट्ठीमा जिपिएसका साथै थ्री जी र वाइफाइ सेवा
उपलब्ध छ । हातले समाउने ठाउँमा एलइडी मोनिटर छ । जसमा विभिन्न
गतिविधिहरुको जानकारी देखिन्छ । यदि घुमाउरो बाटो आयो वा हिड्नेले दिशा
परिवर्तन गर्नुपर्यो भने लट्ठीमा कम्पन हुन्छ र कता जानुपर्ने हो उतै
जानुपर्ने एरो मोनिटरमा देखापर्छ ।
No comments:
Post a Comment