चिकित्सा विज्ञानमा अर्को चमत्कार


ढाडतर्फबाट सरीर जोडिएका दुइ नाइजेरियाली जुम्ल्याहा
बालिकाहरुलाई छुट्टाउन चिकित्सकहरु सफल भएका छन् । भारतको नयाँ दिल्लीमा रहेको बि एल के सुपर स्पेसियालिटी अस्पतालमा १८ घण्टाको अथक शल्यक्रियाबाट ती सरीर जोडिएका एक वर्षे बालिकाहरुलाई छुट्टाइएको हो ।

हसैना र हसना बदारु नामका दुइ जुम्ल्याहा बालिकाहरुको शल्यक्रियामा ४० जना डाक्टरहरु सहभागी थिए । यी बालिकाहरु यस्ता भाग्यमानी बालिकाहरु हुन् जसले निकै दुर्लभ शल्यक्रियाको सफलताबाट बाँच्ने मौका पाए । विश्वमा अहिलेसम्म यस्ता खालका शल्यक्रियामध्ये केवल चारवटा शल्यक्रिया मात्र सफल भएका छन् ।

नाइजेरियाको स्थानीय भाषामा यस्तो अंग जोडिएका जुम्ल्याहालाई पाइगोपागस भनिन्छ । यी दुइ बालिकाको सरीर ढाडको भागबाट जोगिएको थियो र उनीहरुको आन्ध्राको तल्लो भाग, हिपको हाड, सुसुम्ना सँगै यौनांग पनि जोडिएको थियो ।

ती बालिकाको जोखिमपूर्ण शल्यक्रियामा एक करोड रुपैयाँ भन्दा बढि खर्च भयो जुन एक जना नाइजेरियाली व्यक्तिले सहयोग स्वरुप प्रदान गरेका थिए । डाक्टरहरुले यी बालिकाको उपचारमा दुइ फरक फरक शल्यक्रिया गरेका थिए । पहिलो शल्यक्रियाबाट उनीहरुलाई छुट्टाइएको थियो भने दोश्रो शल्यक्रियामा उनीहरुका आधा भएका अंगलाई पूर्णता दिइएको थियो ।




No comments:

Post a Comment