के मोटोपन घटाउन चाहानु हुन्छ ?

 

यदि तपाईंसँग सम्बन्धित सबै कुराहरु राम्रै छन् भने
तपाईंको मोटोपना आलस्यता, गलत खानाको रोजाई र अव्यवस्थित दैनिकीको कारणले हुने गर्दछ । त्यसैले यदि तपाईं डाइटमा जान चाहनुहुन्छ भने जे सोच्नु भएको छ त्यसलाई कडाइका साथ पालना गर्ने सोचका साथ अघि बढ्नुपर्ने हुन्छ । तपाईं डाइटिङ्ग गर्दाको सबभन्दा महत्वपूर्ण पाटो भनेको तपाईंको उठ्ने समय हो । बिहानको ८ बजेभन्दा अगाडि नै तपाईं उठ्नुपर्ने हुन्छ, चाँडै उठ्ने बानीले तपाईंको दैनिकीलाई सहि दिशामा पु¥याउन मद्दत गर्दछ ।

डाइटमा जानुपूर्व आफ्नो तौल नाप्नुहोस् र त्यसलाई कतै लेख्नुहोस् । यसो गर्नाले तपाईंले कहाँबाट सुरु गर्नुभएको थियो भन्ने थाहा हुन्छ र तपाईंलाई आफ्नो तौल घटिरहेको देख्दा खुसी लाग्दछ ।

डाइटको लागि याद राख्नुपर्ने कुराहरुः

१। ७स्३० पश्चात् नुनलाई बाईबाई भन्नुहोस्

२। ग्याँस भरिएको पेय पदार्थमा बन्देज

३। आँप र केरा खाँदै नखानुहोस्

४। अप्राकृतिक जुस नपिउनुहोस्

५। दैनिक रुपमा आधा घण्टाको एरोबिक व्यायाम अनिवार्य । जिममा जाने सोच्नुभएको छ भने धेरै राम्रो । तर, यदि कुनै कारणवश तपाईं जिममा जान सक्नु भएन भने, आफूलाई सजिलो लाग्ने जुत्ता लगाएर डोरीको सहायताले ५०० पटक उफ्रनुहोस् र दैनिक रुपमा गर्दै जाने क्रममा यसको संख्यामा वृद्धि गर्नुहोस् ।

६। श्वास प्रश्वाससम्बन्धी २० मिनेटको व्यायाम ९यहाँ बाबा रामदेबको प्रणायामको कुरा गरिएको हो०

अब डाइटमा रहँदा खाना खाने तरिकाको कुरा गरौँस्

पहिलो हप्ता

बिहानको ८ः०० बजे ९उठ्ने बित्तिकै०– दुई ग्लास मेथी भिजाएको पानी ९ दुई ग्लास पानीमा एक चम्चा मेथी भिजाउनुहोस् । मेथीको गेडा निकाल्नुहोस् र त्यो पानी पिउनुहोस् र यसले पानी धारण गर्न र सुन्निएको बसाउन सहयोग गर्दछ ० । पाँचवटा भिजाएको बोक्रासहितको बदाम खानुहोस् । एउटा मरिच, जसलाई तपाईंले नचपाइकन सिधै निल्न सक्नुहुनेछ ।

बिहानको ९ः०० बजे – एउटा टोस्ट ९खैरो पाउरोटी०, बटर, सलाद र अचार

बिहानको ११स्३० बजे – आफूलाई मनपर्ने एउटा फलफूल

१ः३० बजे – खाना सुरु गर्नुभन्दा अगाडि सानो प्लेट एक प्लेट सलाद खानुहोस् । सलादमा भएको फाइबरले तपाईंको पेट भर्न मद्दत गर्दछ र तपाईंले थोरै पनि खानुहुनेछ । खानामा तपाईंले एउटा गहुँको रोटी र एक कचौरा दाल खानुपर्नेहुन्छ ।

५स्०० बजे– एक कप चिया वा दुध र दुइवटा म्यारि बिस्कुट र एक कचौरा बटर नहालेको पपकर्न ।

बेलुकीको ७स्३० बजे– खाना खानुपूर्व सानो प्लेट एक प्लेट सलाद खानुहास् । गहुँको एउटा रोटी र एक कचौरा तरकारी ।

बेलुकाको ८स्३० बजेः तपाईंलाई मनपर्ने कुनै पनि एक फलफूल

जब यो हप्ता सकिन्छ तब आफ्नो तौल फेरी नाप्नुहोस्, तपाईंको पक्कै पनि केहि तौल घट्नेछ । तपाईंले पहिलो हप्तामा धेरै तौल घटाउनु हुनेछ किनभने तपाईंले आफ्नो पानीको तौल र सुन्निएको गुमाउनु हुनेछ । अरु हप्तामा पनि तपाईंले तौल त घटाउनुहुनेछ तर यति धेरै भने होइन ।

 अब दोस्रो हप्ता

बिहानको ८स्०० बजे ९उठ्ने बित्तिकै०– दुई ग्लास तुलसी पानी ९पाँचवटा तुलसीको पातलाई दुई ग्लास पानीमा भिजाउनुहोस्, पात निकाल्नुहोस् र पिउनुहोस् । पाँचवटा बोक्रा सहितको भिजाएको बदाम र एउटा मरिच ।

बिहानको ९स्०० बजे – एउटा टोस्ट ९खैरो पाउरोटी०, बटर, सलाद र अचार

 बिहानको ११स्३० बजे – आफूलाई मनपर्ने एउटा फलफूल

१स्३० बजे – खाना सुरु गर्नुभन्दा अगाडि सानो प्लेट एक प्लेट सलाद खानुहोस् । एउटा स्यान्डविच ९दुइवटा खैरो पाउरोटी त्यसमा पनिर राखेको, यदि तपाईं शाकाहारी हुनुहुन्छ भने र यदि शाकाहारी हुनुहुन्न भने अण्डाको सेतो भाग मिसाएर खान सक्नुहुनेछ ।

५ः०० बजे– एक कप चिया वा दुध र दुइवटा म्यारि बिस्कुट र एक कचौरा बटर नहालेको पपकर्न ।

बेलुकीको ७स्३० बजे– खाना खानुपूर्व सानो प्लेट एक प्लेट सलाद खानुहास् । गहुँको एउटा रोटी र एक कचौरा तरकारी ।

बेलुकाको ८स्३० बजेः तपाईंलाई मनपर्ने कुनै पनि एक फलफूल

तेस्रो हप्ता

बिहानको ८स्०० बजे ९उठ्ने बित्तिकै०– दुई ग्लास मेथी भिजाएको पानी । पाँचवटा बोक्रा सहित भिजाएको बदाम र एउटा मरिच ।

बिहानको ९स्०० बजे – एक ग्लास दुध र एउटा फलफूल

बिहानको ११स्३० बजे – आफूलाई मनपर्ने एउटा फलफूल

१स्३० बजे –एउटा गहुँको रोटी र आफूलाई मनपर्ने कुनै पनि तरकारी ।

५स्०० बजे– एक कप चिया वा दुध र दुइवटा म्यारि बिस्कुट र एक कचौरा बटर नहालेको पपकर्न ।

बेलुकीको ७स्३० बजे– तीन पिस उसीनेको र रोष्ट चिकेन वा माछा र सलाद ९मांसाहारीका लागि०

शाकाहारीका लागि यी मध्ये जुनसुकै खान सक्नुहुनेछः

१। एक कचौरा दाल, एक कचौरा दही र सलाद

२। एक कचौरा तरकारी, एक कचौरा दही र सलाद

बेलुकाको ८स्३० बजेः तपाईंलाई मनपर्ने कुनै पनि एक फलफूल

चौथो हप्ताः

बिहानको ८ः०० बजे ९उठ्ने बित्तिकै०– दुई ग्लास मेथी भिजाएको पानी । पाँचवटा बोक्रा सहित भिजाएको बदाम र एउटा मरिच ।

बिहानको ९ः०० बजे – एक ग्लास कोल्ड कफी बी।बी टोस्ट

बिहानको ११ः३० बजे – आफूलाई मनपर्ने एउटा फलफूल

१ः३० बजे –यो हप्ता तपाईंको लागि धेरै बिकल्पहरु रहेका छन् जसलाई तपाईंले वैकल्पिक रुपमा खान सक्नुहुनेछ

१। एक कचौरा टुसा उम्रेका गेडागुडीको रस, फलफूल

२। दुई कचौरा तरकारीर र सलाद

३। एक कचौरा तरकारी र बीबी टोस्ट

४। एक कचौरा तरकारीसँग एक चौथाइ भात

५स्०० बजे– एक कप चिया वा दुध र दुइवटा म्यारि बिस्कुट र एक कचौरा बटर नहालेको पपकर्न ।

बेलुकीको ७स्३० बजे– एउटा गहुँको रोटी र तरकारी

 बेलुकाको ८स्३० बजेः तपाईंलाई मनपर्ने कुनै पनि एक फलफूल

No comments:

Post a Comment