अग्ली मोडेलले रोजिन् हजुरबा जस्तो प्रेमी



विश्वकी सबैभन्दा अग्ली मोडेलको
रुपमा किर्तिमान बनाएकी अमेरिकाकी अमेजन इभले जोडी भेटाएकी छिन् । क्यालिफोर्नियाकी बासिन्दा ३४ वर्षकी इभले जोडी त फेला पारिन्, तर आफुजत्तिकै अग्लो भने फेला पार्न सकिनन् । उनको मनको राजा उनीभन्दा ४ इन्च होँचा छन् । अझ अर्को निराशा लाग्दो कुरा त के भने उनका प्रेमी उनीभन्दा झण्डै दोब्बर जेठा छन् । उनका प्रेमी ६० वर्ष पुगिसकेका छन् ।
६ फिट ८ इन्च अग्ली इभ अब उनको प्रेमीसँग रोमान्समा मस्त हुन थालिसकेकी छिन् । उनका प्रेमीको नाम डेनिस हारग्रोभ हो । उनी लस एन्जल्सका बासिन्दा हुन् र ६ फिट ४ इन्च अग्ला छन् । जब यी दुइ टक्लु प्रेमी प्रेमिका घुमफिरका लागि निस्कन्छन् तब बाटो हिड्नेहरु तिनछक पर्छन् अनि टाउको आकाश तिर फर्काएर ती अग्ला मनुष्य जोडीलाई नियाल्छन् ।
आफुभन्दा अग्ली तथा तरुनी प्रेमिका पाएकोमा डेनिस मख्ख छन् । आफ्ना साथीहरु आफ्नी प्रेमिका देखेर इष्र्याले जल्ने गरेको उनको दाबी छ । यी दुइको मिलनको कहानी पनि रोचक छ । डेनिस जब इभको व्यक्तिगत लेखापालको रुपमा जागिर खान पुगे तब इभको मन यी अग्ला बुढाप्रति आकषिर्त भयो । नहोस् पनि किन रु उमेर छिप्पिँदै गएपनि आफुसँग उचाइ मिल्ने ठिटा पाउनै सकिएको थिएन र भविष्यमा पनि पाइने सम्भावना कम थियो । त्यसैले आफ्नो हातमा आएको अग्लो बुढो भएपनि रोजौँ भन्ने आकांक्षा उनमा पलायो । डेनिसले प्रmेन्च बोलेको सुनेर आफु ऊ प्रति आकषिर्त भएको र पिरती गाँसेको इभको भनाइ छ । अहिले यो जोडी स्पेनको बार्सिलोना र फ्रान्सको पेरिसमा हनिमुन मनाइरहेको छ ।



No comments:

Post a Comment