मरेको एकघण्टापछि जुरुक्क


केही कुरा यस्ता
हुन्छ्न, जुन पत्याउनै कठिन पर्छ । तर नपत्याई सुख पनि हुन्न । किनकी घटना सत्य भइदिन्छ । यस्तै सत्य तर विश्वासै गर्न नसकिने घटना बनेको छ अस्ट्रेलियामा मरेकी महिला ब्युँझिएपछि ।

झ्वाट्ट सुन्दा तपाईलाई पत्यार नलाग्ला । किनकी हामीलाई पनि यस्तै भएको थियो ।  तर आखिर सत्य कुरा पत्याउनै परयो । समाचार अनुसार ४१ वर्षकी महिला डाक्टरले प्राण पखेरु उडेको घोषणा गरेको ४२ मिनेटपछि ब्युँझिएकी थिइन् । घटना भने एक हप्ता पहिलेको हो ।

भेनेसा तानासिओलाई हृदयाघात भयो । त्यसपछि उनलाई मोनास अस्पतालमा पुराइयो । तर अस्पताल पूराएको केही बेरमै डाक्टरहरुले उनलाई मृत घोषित गरे । त्यस बीचमा उनको मुटुको धमनी जुन बन्द भएको थियो त्यसलाई खुलाइयो ।

सुरुमा त्यसले कुनै प्रभाव नपारेपछि उनलाई मृत घोषित गरिएको थियो । तर मृत घोषित गरेको केही बेरपछि भेनेसाको मुटु अलिअलि चल्न थाल्यो । अनि उनी विस्तारै ब्युँझिइन् पनि ।
बाँच्ने कुनै सम्भावना नै नभएकी भेनेसा ब्युँझिएको घटनाले आफुहरुलाई पनि आर्श्चर्यमा पारेको डाक्टरहरु बताउँछन् । मेलबर्नको नरे वारेनमा बस्ने भेनेसाले आफु मरेर पनि बाँच्न पाउँदा निकै खुसी लागेको भन्दै यो आफ्नो लागि नयाँ जिवनको सुरुवात भएको बताएकी छिन् ।

No comments:

Post a Comment