ब्रेकअप र मेकअप गराउने ऐप


आफ्नो पार्टनरबाट छुटकारा पाउन
चाहनु हुन्छ र तर, त्यसो गर्न डर लागिरहेको होला । हैन रु त्यसो हो भने अब डराउनु आवश्यक छैन । किनभने यो नयाँ ऐपले तपाईको कठिनाई कम गरिदिनेछ ।
अमेरिकामा दुई यस्तो दुई वटा ऐप लञ्च गरिएको छ जसले पार्टनरसँग ब्रेकअप र मेकअपमा तपाईलाई सहयोग गर्नेछ । यो ऐपबाट साथीसँगको सम्बन्ध तोड्न र फेरि नजिक ल्याउन टेक्स्ट म्यासेजजस्तै सहज हुनेछ । यहाँसम्म तपाईको यो टेक्स्ट म्यासेज तपाई आफैले पनि लेख्नुपर्ने छैन ।
न्युयोर्कमा दुई व्यक्ति लरेन लेटो र डिग डट कमका जेक लेविनले लञ्च गरेको ब्रेकअप टेक्स्ट र मेकअप टेक्स्ट ऐपले रिलेशनसीपमा आउने दरार अन्त्य गर्ने बताइएको छ।
समाचारअनुसार ब्रेकअपका लागि युजरले केही प्रश्नको जवाफ दिनुपर्नेछ । ब्वाई या गर्ल रु सिरियस या क्याजुयल छ र यसपछि ऐपले आफै तपाईलाई एउटा टेक्स्ट म्यासेज बताउनेछ । त्यसले किन यो रिलेशनसीप अगाडि जारी राख्ने नसक्ने बताउनेछ।
जो मेकअप गर्न चाहन्छन् उनीहरुले पनि यस्तै केही प्रश्नको उत्तर दिनुपर्नेछ । यसपछि ऐपमा माफी माग्ने क्रियटिभ टेक्स्ट म्यासेज आउनेछ ।
मेकअप ऐप ब्रेकअप ऐपपछि सार्वजनिक गरिएको हो । लेविन र लेटोका अनुसार ब्रेक ऐप लञ्च भएयता हजारौ रिलेशनसीप टुटेकोमा उनीहरुलाई दुःख लागेको छ। त्यसैले उनीहरुले मेकअप ऐप पनि लञ्च गरेका हुन् ।
यद्यपि उनीहरुले यो पनि स्पष्ट गरेका छन् कि यो ऐप्स ख्यालठट्टाका लागि सार्वजनिक गरिएको हो । प्रयोगकर्ताले मात्र एउटा टेक्स्ट म्यासेजको आधारमा सम्बन्ध तोड्नु हुन्न ।

No comments:

Post a Comment