५५ फिट लामो कपाल भएकी महिला


मान्छेको कपाल कति सम्म
लामो हुन सक्दो रहेछ रु अमेरिकाकी एक महिलाको कपाल ५५ फिट लामो छ । लामो मात्र हैन । उनको कपालको तौल झण्डै १९ किलो छ । जर्जियाको एटलाण्टाकी बासिन्दा आशा मण्डेलाको यत्रो भिमकाय कपाल देखेर डाक्टरहरु पनि डराए । उनलाई कपाल काट्न सुझाव दिए । कपाल नफ्याँकेमा प्यारालाइसिस हुने चेतावनी दिए । तर आशाले बरु ज्यान फ्याल्न तयार भइन् कपाल गुमाउन चाहिनन् ।

एक सन्तानकी आमा आशा भन्छिन्, ‘मेरो कपाल मेरो जिवनको भाग भैसक्यो । यो मेरो जिवन हो, मैले कहिल्यैपनि कपाल काट्दिन ।’ कपाल काट्नु आत्महत्या गर्नु सरह रहेको उनी बताउँछिन् ।
विश्वमा सबैभन्दा लामो कपाल भएको मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएकी ४७ वर्षकी आशा आफ्नो कपाल आफ्ना लागि सन्तानजत्तिकै प्यारो रहेको बताउँछिन् । कपालकै कारण आफुलाई क्यान्सर, हृदयाघात जस्ता रोगले समेत केही गर्न नसकेको दाबी उनको छ ।

उनको कपाल धुन तथा सुकाउन पूरै दुइ दिन लाग्छ । यति लामो कपाल साँच्चीकै जोखिमपूर्ण छ । कतै हिँडडुल गर्न पनि गाह्रो हुन्छ । हिँडडुल गर्दा पोको पारेर बच्चा बोकेझैँ गरी कपाललाई ढाडमा बोक्नुपर्छ ।

उनका ११ वर्षे छोराले आमाको कपाल जतन गर्न सहयोग गर्छ । आफ्नो आखा अगाडि त उनले ज्यान गएपनि कपाल काट्न दिँदिनन् । तर भुइँमा लत्रिएको बेला कसैले आँखा छलेर कपाल काटिदिने हो की भन्ने चिन्ता छ उनमा । उनले आत्मिक कारणका लागि भन्दै २५ वर्ष अघिदेखि कपाल पाल्न थालेकी थिइन् ।






No comments:

Post a Comment