जुकर्रबर्गको फेसबुक ह्याक गर्नेलाई


एकजना प्यालेस्टाइनी युवकले फेसबुकका
प्रमुख मार्क जुकर्रबर्गको फेसबुक वाल ह्याक गरेको घटनाले ठूलै तहल्का मच्चायो । फेसबुकको प्राविधिक त्रुटीबारे जानकारी गराउँदा पनि फेसबुक टिमले वेवास्ता गरेको प्रति आक्रोशित हुँदै प्यालेस्टाइनी युवक खालिल श्रेटेहले माफी माग्दै र सचेत गराउँदै जुकर्रबर्गको फेसबुक वाल ह्याक गरेका थिए ।

फेसबुकले आफ्नो प्राविधिक त्रुटी पत्ता लगाउने विश्वका धेरै मानिसलाई पुरस्कार दिँदै आएको थियो र यस्तो पुरस्कार त्रुटी पत्ता लगाइदिएबापत श्रेटेहले पनि पाउने अपेक्षा सबैको थियो । तर फेसबुले भने श्रेटेहले फेसबुकको नियम उल्लंघन गरेको भन्दै उनलाई पुरस्कार नदिने निर्ण्रागर्यो । फेसबुकले पुरस्कार नदिएर के भो – श्रेटहले उनको आविष्कारका खातिर सबैबाट चर्चा र वाहवाही पाए । यता विश्वभरका ह्याकरहरुले श्रेटेहलाई पुरस्कार नै दिनका लागि हातेमालो गरेका छन् ।
साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने यस्ता ह्वाइट ह्याट ह्याकरहरुले श्रेटेहलाई आर्थिक सहयोग गर्नका लागि प्रयास थालेका छन् । साइबर सेक्युरिटी र्फम बियोण्ड ट्रस्टका मुख्य प्राविधिक अधिकृत मार्क मेफ्रेटले आफ्ना विश्वभरका समकक्षीहरुसँग श्रेटेहलाई पुरस्कार दिनका लागि आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । १० हजार डलर संकलन गरी श्रेटेहलाई पुरस्कार स्वरुप उपलब्ध गराउने योजना उनको छ । मंगलबार सम्म ९ हजार डलर संकलन भैसकेको बताइएको छ ।
फेसबुकले श्रेटेहप्रति अन्याय गरेको साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका मेफ्रेटजस्ता ह्याकरहरुको भनाइ छ । फेसबुकले श्रेटेहलाई पुरस्कृत गर्नुपर्ने उनीहरु बताउँछन् ।

No comments:

Post a Comment