बालबिबाह रोक्न भित्रि बस्त्रमा चम्चा राख्न सुझाव


बेलायतमा एक हेल्पलाइन संस्थाले
कम उमेरमा हुने विवाह रोक्न किशोरकिरोशीलाई अन्तवस्त्रमा ‘चम्चा’ राख्न सुझाव दिएको छ ।
विशेषगरी बेलायतमा बस्ने दक्षिण एसियाली मूलका बालबालिकालाई बलजफ्ती गराइने विवाहबाट जोगाउन ‘स्पून ट्रिक’ अपनाउन संस्थाले सल्लाह दिएको हो । यस्तो ट्रिकले जोखिमपूर्ण विावह र किशोरकिशोरीको संरक्षणमा सहयोग पुग्ने संस्थाको दावी छ ।
भारत र पाकिस्तानलगायत एसियाली मूलका अभिभावकले छोराछोरी बिग्रने तर्क गर्दै मुल देशमा लगेर बलपूर्वक विवाह गराउँदै आएको संस्थाले जनाएको छ। कानुनद्वारा निषेधित बालविवाहमा मुस्लिम समुदाय अगाडि देखिएको छ। सन् २०१२ को तथ्याङ्कअनुसार सबैभन्दा बढी पाकिस्तानी मूलका ४७,१, बंगलादेशका ११ र भारतका ८ प्रतिशत पीडित बालबालिकाले यस्तो विवाहबाट जोगाउन आग्रह गरेका थिए ।
गोप्य अंगभित्र चम्चा लुकाएर राखेमा विमानस्थल सुरक्षा जाँचमा ‘मेटल डिटेक्टर’ ले उनीहरुको पहिचान गर्नेछ । सोधपुछमा अधिकारीहरुलाई वास्ताविकता बताएर इच्छाविपरीतको विवाहबाट उनीहरु बच्न सक्छन् ।
विद्यालय विदाका बेला अर्को मुलुक घुमाउने बहानामा काम उमेरका बालबालिकालाई दबाव दिएर विवाह गराइनेबारे बेलायत सरकारले हालै ‘अलर्ट’ जारी गरेको थियो ।र
गत जुन र अगस्तमा मात्र यस्ता ४ सय विवाह भएको सरकारी तथ्याङ्कमा उल्लेख छ। बेलायती मुलका बालबालिकाले आफ्ना अभिभावकलाई एसियाली मुलका सहपाठीहरुको अन्य देश पुराएर विवाह हुने गरेको जानकारी दिएका थिए ।
उक्त तथ्य सार्वजनिक भएपछि सञ्चार माध्यम र सरकार चनाखो भएको थियो । सरकारले मुलुकभरका शिक्षक, चिकित्सक र विमानस्थल कर्मचारीलाई सतर्क रहन निर्देशन दिइसकेको छ।

No comments:

Post a Comment