गाउँमै बसेर पाँचवटा एल्बम !


इलामको पूर्वी भेग फिक्कल
बजारमा रहेर पनि निरन्तर सांगीतिक फाँटमा उदारहने कलाकार पूजन प्रधान विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षशील रहेका छन् । गीत लेखन, संगीत तथा गायन तीन वटै विद्यामा पोख्त रहेका प्रधानले हालसम्म ५ वटा गीति एल्बम बजारमा ल्याइ सकेका छन् । ‘माइबेनी,’ ‘कोशिस’, ‘परिकल्पना’, ‘रिप्लाई’ र ‘ चिनो’ गरी पाँच वटा एल्बमहरु बजारमा ‘टाडा भए के भो मायाजु सम्झना आलै छ ।।,’ ‘विहीबारे हाट इलाम बजार लाग्दैछ गम्केर ।।’ जस्ता चर्चित गीतका गीतकार संगीतकार तथा गायक संगीतले मानिसलाई असल मान्छे बनाउनेमा विश्वस्त छन ।


 मोफसलमा बसेर संगीत साधना गर्न कठिन भए पनि उनले संगीतलाई माया मार्न सकेका छैनन । पुजन भन्छन–सायद जिवनको अनन्त कालसम्म मोफसलमै बसेर संगितको साखलाई जोगाउने प्रयत्न गरिरहने छु ।’ गाउँमा सक्रिय भए पनि राजधानीमा जस्तो दाम र नाम चाहीं कमाउन नसकेको उनको अनुभव छ । यतिबेला रिमिक्स गर्ने र मौलिक पाराका गीतहरुलाई मोडन खोज्नेहरुप्रति उनी सन्तुष्ट छैनन । भन्छन–संगीतलाई पैसासँग जोख्न मिल्दैन । 


पैसा कमाउन मौलिकताको व्यापार गर्नु हुँदैन । यदि कसैले आफ्नो मौलिकता बिक्री गरेर मालामाल हुन्छ भने त्यो स्थायी रहँदैन ।’ इलाम, दार्जिलिङ्ग, झापा, पाँचथर लगायतका स्थानमा कन्र्सटमा जम्ने उनी गाउँघरका संगितप्रेमीहरुमाझ प्रिय छन । मोफसलको आधुनिक संगीत तथा प्रतिभाहरुलाई केन्द्रमा बस्ने संगीतकर्मीहरुले वेवास्ता गरेको प्रति उनलाई चित्त बुझेको छैन । 


उनी भन्छन–‘नेपाली मौलिक संगीतको संरक्षण त मोफसलले गरिरहेको छ, राजधानीमा त नेपाली संगितको अस्तित्व मेटने प्रयास भइरहेको छ, त्यसैले मोफसललाई पनि ध्यान दिऔ ।’ नयाँ एल्बमको तयारीमा रहेका उनी विगत दुई दशक देखि सांगितिक फाँटमा सक्रिय छन ।

No comments:

Post a Comment