गायक बराल ५ दिन थुना


क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा
पक्राउ पर्नुभएका गायक यम बराललाई प्रहरीले पाँच दिन थुनामै राखेर अनुसन्धान गर्ने भएको छ । गायक बराल शुक्रबार बिहान ४ बजे लैनचौरमा रहेको क्यासिनो भेनसबाट पक्राउ पर्नुभएको हो ।

प्रहरीले बरालसँगै क्यासिनोका सुपरभाईजर प्रमोद बस्नेतलाई समेत पक्रेको छ । बस्नेतलाई पनि पाँच दिन थुनामा राखिने भएको काठमाडौं प्रहरी परिसर हनुमानढोकाले जानकारी दिएको छ ।

क्यासिनोमा नेपालीलाई खेल्नु र खेलाउनु दुवै गैर कानुनी मानिन्छ । जिल्ला अदालत काठमाडौंमा शुक्रबारनै अनुमति मागेपछि अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment