प्रधानमन्त्रीलाई प्रश्न सोध्दा


अष्ट्रेलियामा प्रधानमन्त्री जूलिया गिलार्डलाई
प्रश्न सोधेकै आधारमा त्यहाँको एक रेडियोका प्रस्तोताको जागीर खोसिएको छ । हावर्ड स्याटलरले लाइभ अन्तरवार्ताका क्रममा गिलार्डलाई उनको पार्टनर गे अर्थात समलिंगी हो भनेर सोधेका पत्रकारको जागीर गएको हो ।

गिलार्डलाई पार्टनर टिम म्याथेसन समलिंगी भएको भन्दै, सात बर्षदेखी बस्दा कि समलंगी हुनुपर्ने नत्र सहबास छाड्नुपर्ने भन्दै जिज्ञासा राखेका थिए । गिलार्डले आरोपको अस्विकार गर्दै आफ्नो पार्टनर म्याथेसन हेयरड्रेसर भएकै भरमा समलिङ्गी सम्झनु बेकार भएको बताएकी थिइन् ।

यो विवादीत प्रश्नपछि फेयरफ्याक्स रेडियोले सुरुमा स्याटलरलाई निलम्बन गरेपनि पछि जागिरबाटै निस्कासन गरेको छ । अभद्र प्रश्न सोधेको भन्दै रेडियोले प्रधानमन्त्री गिलार्डसँग माफी समेत मागेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा स्याटलरको अन्तवार्तामा रोधिएको प्रश्न अभद्र भएको र यसको राजनीतिक बहससँग कुनै सम्वन्ध नभएको उल्लेख गरेको छ ।

यद्यपी गिलार्डले स्पष्टिकरण मागेर वा अन्य कारण रेडियोले स्पष्टिकरण दिएको नभइ नैतिकताको आधारमा दिएको र पत्रकारको जागिर जानुमा समेत रेडियो आफ्नैको निर्णय भएको समाचारमा जनाइएको छ ।

No comments:

Post a Comment