स्विटजरल्यान्ड र अस्ट्रेलियामा जन्मनेजति भाग्यमानी


सन् २०१३ मा स्विटजरल्यान्डमा जन्मनेहरु सबैभन्दा भाग्यमानी हुने भएका छन्।
२०१३ मा जन्मिनेहरुका लागि सबैभन्दा राम्रो स्थानबारे गरिएको अध्ययनले बेलायतलाई २७ औं स्थान मिलेको छ।

स्वास्थ्य सेवा, सम्पन्नता र सार्वजनिक संस्थाहरुप्रतिको विश्वासका आधारमा स्विटजरल्यान्ड सबैभन्दा उपयुक्त मुलुक हुनपुगेको हो।
स्क्यानडेभियन मुलुकमध्ये नर्वे, स्विडेन र डेनमार्क पनि गुणस्तरीय जीवनका लागि प्रमुख पाँच मुलुकभित्र समेटिएका छन्। आउँदो वर्ष जन्म लिनेहरुका लागि यी मुलुकहरु पनि राम्रोमा परेका छन्।
दी इकोनोमिक इन्टेलिजेन्स युनिटले जन्मनका लागि उपयुक्त स्थानको मापदण्ड तयार पारेको थियो।
अध्ययनमा आर्थिक सम्पन्नतालाईमात्र आधार बनाइको छैन। त्यहाँ हुने हिंसा र पारिवारिक स्वास्थ्य सेवा लागयतका विषयलाई प्रमुख आधार बनाइएको छ।
यो सूचीमा आर्थिक हिसावले सानो आकार भएका मुलुकहरुको प्रभुत्व धेरै छ। दोस्रो स्थानमा अस्ट्रेलिया रहेको छ भने नेदरल्यान्ड पनि यो सूचीमा अगाडि नै छ।
शीर्ष १० मध्ये आधा मुलुकहरु युरोपेली छन् तर युरो जोनबाट नेदरल्यान्डमात्र समावेश भएको छ।

No comments:

Post a Comment