कोरियन गीत खाङनाम स्टाइलले राख्यो रेकर्ड




दक्षिण कोरियाली गायक फाक छे सङ उर्फ साईको गीत खाङनाम स्टाइलले  शनिबार देखि बिश्वमै सर्वाधिक हेरिने र सुनिने कीर्तिमान कायम गरेको छ ।  नयाँ विश्व रेकर्ड अनुसार युटिउबमा ८० करोड पटक हेरिएको जस्टिन बिवरको ' बेबी ' लाई उछिन्दै खाङनाम स्टाइल ८१करोड भन्दा बढी पटक हेरिसकेको छ ।  गत जुलाई १५ देखि भाइरलसरि  फैलिएर विश्वभर हंगामा मचाएको यो गीत २ सय २३ मुलुकमा हेरिएको छ । अमेरिका, थाइल्याण्ड, कोरिया, ब्राजिलमा सबै भन्दा धेरै हेरिएको छ ।  सोमबार सम्म ८२ करोड पटक क्लिक गरि सकेको  साथै यो गीत हेर्नेहरुको संख्या प्रत्येक दिन ७ लाख १० लाख सम्म हुने गरेको छ । यो गीत हेर्नेहरु मध्ये ६१.६ प्रतिशत पुरुष  छन् भने यी मध्ये १३ देखि १७ बर्ष उमेर समुहको सर्वाधिक प्रतिनिधित्व छन् ।  ३५ बर्ष साईको यो गीत ३० भन्दा बढी मुलुकको चार्टमा माथिल्लो स्थानमा समेत परेको छ । यस गीतले ६ लाख भन्दा बढी युटिउबमा लाइक पाएर अर्को गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएको छ । साईलाई गत महिना संयुक्त राष्ट्रसंघका महासचिव वान कि मूनले कार्यालयमा बोलाएर सम्मान गरेका थिए । त्यति बेला महसचिव मून पनि त्यहि स्टाइलमा नाचेका थिए । त्यसपछि अमेरिकामा यो गीत क्लिक गर्नेहरुको संख्या हवात्तै बढेको थियो । यहि महिनाको पहिलो साता सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनका बेला पनि ' ओबामा स्टाइल ' शीर्षकमा यसको प्यारोडी सार्वजनिक गरिएको थियो । खाङनाम स्टाइल यो गीतको म्यूजिक भिडियोमा राजधानी सउल  स्थित केन्द्र मानिएको खाङनाम इलाकामा हाबी भएको  बजारबादलाई व्यंग्यात्मक रुपले  प्रस्तुत गरिएको  छ । मोटो शरीर भएको गायक  साङ छे घोडामा सवार शैलीमा नाचेका छन्  ।  विभिन्न मुलुकका शहरहरुमा तीब्र रुपमा लाइभ कन्सर्ट गरिरहेको साईले अमेरिकी र कोरियन संगीत मिश्रित अर्को गीत निकाल्ने भएको छ । सांगीतिक भ्रमणमा निक्लेको साईले बुधबार बैंककमा कन्सर्टमा हजारौ समर्थकहरुले साथ दिएका थिए ।

No comments:

Post a Comment