सुकी र थिन सेन संसारकै ठूला चिन्तक


‘टप १०० ग्लोबल थिंकर्स’ अर्थात् चिन्तकको सूचीमा
बर्माकी प्रजान्त्रवादी नेतृ आङ साङ सुकी र बर्माकै राष्ट्रपति थिन सेन प्रथम स्थानमा परेका छन् । अमेरिकाको अन्तर्राष्ट्रिय पत्रिका ‘फरेन पोलिसी’ले विश्वभरका विद्वान्को सूची सार्वजनिक गर्ने क्रममा नेतृ सुकी र सुधारवादी सैन्य शासक थिन सेनलाई प्रथम स्थानमा राखेको हो ।

दोस्रो नम्बरमा ट्युनिसियाका राष्ट्रपति मोनसेफ मारजुकी रहेका छन् भने तेस्रो नम्बरमा अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी धर्मपत्नी तथा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन रहेकी छन् । त्यसैगरी, चौथो नम्बरमा जर्मनीका कम्प्युटर वैज्ञानिक सिबास्टियन थ्रुन रहेका छन् भने पाँचौं नम्बरमा माइक्रोसफ्टका मालिक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स पर्न सफल भएका छन् । पाकिस्तानकी शिक्षा अभियन्ता किशोरी मलला युसुफजाई विश्वका बुद्धिमानीको सूचीमा छैंटौं नम्बरमा परेकी छन् । पाकिस्तानमा किशोरी शिक्षाको वकालत गर्दै आएकी मलालालाई केही महिनाअघि तालिवानी लडाकूले पाकिस्तानको स्वात उपत्यकामा गोली हानेर गम्भीर घाइते बनाएका थिए । उनको हाल बेलायतमा उपचार भइरहेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा सयजना बुद्धिमानीको सूचीमा सातौं स्थानमा पर्न सफल भएका छन् । त्यसैगरी, वासिंगटनका कंग्रेसम्यान पल रायन आठौं स्थान, न्युयोर्कका कानुनी कार्यकर्ता चेन ग्वाङचेन नवौं स्थान र न्युयोर्ककै डेभिड बल्यांकन दसौं स्थानमा पर्न सफल भएका छन् । जर्मनका चान्सलर एन्जिला मर्केल १२औं स्थानमा पर्न सफल भएकी छन् भने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १३औ नम्बरमा परेका छन् । चर्चित साहित्यकार तथा सेटानिक भर्सेसका लेखक सलमान रुस्दी ३३औं स्थानमा पर्न सफल भएका छन् भने चीनका विद्रोही कलाकार वेइवेई २६औं स्थानमा परेका छन् ।

अमेरिकाका पूर्वउपराष्ट्रपति डिक चेनी ३८औं स्थानमा परेका छन् भने अमेरिकी पूर्वराज्य मन्त्री कन्डोलिजा राइस ३९औं र प्रसिद्ध लगानीकर्ता वारेन बफेट ४२औं स्थानमा सुरक्षित गरेका छन् । सूचीअनुसार अमेरिकाका लागि पाकिस्तानका पूर्वराजदूत हुसेन हकानी र उनकी पत्नी फरहन स्पहनी ६१औं नम्बरमा परेका छन् । पाकिस्तानप्रति अगाध भक्ति जनाएकोमा पूर्वराजदूत दम्पती सम्मानित भएका हुन् । विहारका मुख्यमन्त्री नीतेश कुमार ७७औं स्थानमा रहेका छन् भने महान अफ्रिकी लेखक चिनियाँ अचेबे ६८औं स्थानमा परेका छन् । सयजना विद्वान्को सूचीमा कुनै पनि नेपाली नागरिक भने परेको छैन ।

No comments:

Post a Comment