बिहेको १९ वर्ष पछि मात्र थाहा भयो पत्‍नी त पुरुष पो .......

बेल्जियमका एक पुरुषले विवाहको १९ वर्षपछि आफ्नी पत्‍नीसित सम्बन्ध विच्छेद गर्न
कानुनी प्रक्रिया अघि बढाएका छन्। कारण( पत्नी पुरुष हुनु १  आफ्नी पत्‍नी पुरुष भएर जन्मिएको र पछि लिङ्ग परिवर्तन गरी महिला बनेको भर्खरै थाहा पाएपछि उनले यस्तो निर्णय गरेका हुन्।


हेट नियुजब्लाड पत्रिकासँग कुरा गर्दै ६४ वर्षका जानले भने, मैले त उनलाई आकर्षक महिला ठानेको थिएँ। पूरै महिला।

उनले हाल ४८ वर्षकी मोनिकासित केही पनि पुरुषपना नदेखिएको बताए। सेक्स गर्दा पनि मैले त केही थाहा पाइनूँ उनी भन्छन्।

त्यत्रो वर्ष उनीहरु सुखी र सामान्य पारिवारिक जीवन बिताउँदै थिए। मोनिकाले पूर्णकालीन रोजगार पाएपछि उनीहरुबीच तनाव सुरु भयो। त्यसपछि मोनिका नाइट क्लबमा देखिन थालिन्। देखिने लुगा लगाउन थालिन्। जान र उनका छोराले पनि हल्ला सुन थाले, खासमा मोनिका केटा हुन्।

एक दिन जानले थर्काए मोनिकालाई। हिंसात्मक रुपमा केरकार गरेपछि बल्ल मोनिकाले स्विकारे, हो, म केटा नै भएर जन्मिएको थिएँ। त संसारै भास्सियो,जान निन्याउरो अनुहार लाएर भन्छन्।

उनले कानुनी प्रक्रिया त अघि बढाएका छन् तर अदालतले मोनिकालाई घरबाट बाहिर राख्ने अनुमति दिन अस्वीकार गरेको छ।

No comments:

Post a Comment