पूनम पाण्डेले हालै आएर एक फोटोसूट


हट छविका कारण लाखौ दर्शकको मनमा बस्न
सफल बलिउडकी किङफिशर मोडल तथा अभिनेत्री पूनम पाण्डेले हालै आएर एक फोटोसूट गरेकी छन्।
आफ्नो सेक्सी इमेजकै कारण केही समययता सामाजिक सञ्जालमा समेत राज गरिरहेकी पूनमको पछिल्लो फोटोसूटलाई हेर्दा चर्चाकै लागि देखिन्छ । समाचारमा जनाइएअनुसार पूनमले एक फिल्मका लागि फोटोसूट गराएकी हुन् । तर, उनको ती नयाँ फोटाहरुमा उस्तै सेक्सी देखिएकी छन् ।
यसले उनी अझै पनि आफ्नो सेक्सी छविलाई जोगाइराख्न प्रयत्न गरिरहेको बुझिन्छ । हुन त केही समयअघि पूनमले आफ्नो सेक्सी छविलाई केही बदल्ने बताएकी थिइन् । यसो भन्नुको कारण आफ्नो छविकै कारण विवादमा आउनु हो । जानकारहरुका अनुसार उनले एक कन्नड फिल्ममा काम गर्न गइरहेकी छन् । पूनमले काम गर्न लागेको फिल्मको नाम ‘लभ इज पोयजन’ रहेको बताइएको छ।
यसको मतलब प्रेम विष हो भन्ने लाग्छ । सो फिल्ममा उनले एक आइटम गीतसमेत गर्नेछिन् । पूनम भन्छिन्–यो आइटम गीत दर्शकले खुबै मन पराउने छन् ।







No comments:

Post a Comment