शिशु कारखाना


 नाइजेरियाका प्रहरीले तेलधनी नगर पोर्ट हारकोर्टमा
एक शिशु कारखानामा छापा मारी छजना गर्भवती बालिकालाई नियन्त्रणमा राखेको आरोपमा एक महिलालाई पक्राउ गरेको बुधबार जानकारी दिएको छ ।

इमो राज्यका प्रहरी प्रवक्ता जोय एलोमोकोले गत साता एक गैरकानुनी मातृशिशु स्याहार केन्द्रमा छापामारी विभिन्न चरणका गर्भ रहेका छ बालिकालाई उद्धार गरेको बताइन् ।
उनले सबैभन्दा कम उमेरका बालिकाको उमेर १४ रहेको उल्लेख गरिन् । उनले उक्त केन्द्रका मालिकलाई पक्राउ गरिएको उल्लेख गरिन् ।
अक्टोबर १५ मा एक बालिकालाई एक शिशु लिएको अवस्थामा फेला पारिएपछि पोर्ट हारकोर्टको उक्त केन्द्रमा छापा मारिएको एलोमोकोले बताइन् ।
केन्द्रका मालिकले उक्त केन्द्र सञ्चालन गर्ने कुनै अनुमति प्राप्त नगरेको बताइएको छ । उद्धार गरिएका बालिकाहरूले आफूहरूलाई त्यहाँ बच्चा जन्माउन राखिएको र जन्मने शिशुलाई पछि बिक्री गरिने जानकारी दिएको एलोमोकले उल्लेख गरिन् ।
नाइजेरियाको प्रहरीले हालका वर्षहरूमा विशेष गरी मुलुकको दक्षिणपूर्वीभागमा अनेकौ शिशु कारखाना फेला पार्न थालेका छन् । यहाँ बालक शिशुलाई २५० अमेरिकी डलरमा बिक्री गर्न सकिन्छ भने बालिका शिशु केही कम मूल्यमा बिक्री हुन्छन् ।
नाइजेरियामा जालसाजी र लागुपदार्थको ओसारपसारपछि शिशु बिक्री तेस्रो सबैभन्दा बढी हुने अपराध भएको जानकारी संयुक्त राष्ट्र सङ्घले दिएको छ ।  नाइजेरिया अफ्रिकाको सबैभन्दा बढी तेल उत्पादन गर्ने मुलुक हो तर यहाँका १६ करोड जनतामध्ये प्रायः प्रतिदिन दुई डलरभन्दा कम आम्दानीमा बाँच्ने गर्छन् । 

No comments:

Post a Comment