कुकुरलाई एमबीएको डिग्रि


कुकुरले एमबीए पास गर्न सक्ला
र प्रतियोगिताको जमाना छ, जे पनि हुनसक्छ । डाक्टर, इन्जिनियर देख्नु भएको होला । एमबीए होल्डर पनि देख्नु र चिन्नु भएको होला । तर, कुनै पनि जनावर कक्षामा बसेको देख्नु भएको छ रु

अमेरिकाको एक विश्व विद्यालयले भने कुकुरलाई एमबीएको डिग्री दिएको छ । डिग्रीको आधार भने उसले कुनै परीक्षा दिएर हैन कि १५ वर्षको ‘कार्यानुभव’ लाई मानिएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ लण्डनले फर्जी डिग्री दिएको चर्चा चलेको थियो । यसलाई पुष्टी गर्न एक न्यूज हाउसले कुकुरको डिग्रीका लागि आवेदन दियो । आवेदनमा कुकुरको पहिचान खुल्ने कुनै जानकारी मागिएको थिएन । १५ बर्ष काम गरेको अनुभव र नाम ‘पेटे’ उल्लेख गरिएको थियो । यससँगै ७ हजार २ सय ७८ डलर शुल्क पनि जम्मा गरियो ।

विश्वविद्यालयले कुनै छानविन र सोधखोज नगरी डिग्रीको प्रमाणपत्र दियो । यसबाट बिश्वबिद्यालयले कति हचुवामा डिग्रि बितरण गर्दोरहेछ भन्ने पुष्टी भयो । जे होस्, यो कुकुर भाग्यशाली ठहरियो र एमबीएको प्रमाणपत्र पाउने पहिलो कुकुर बन्यो ।

No comments:

Post a Comment