मृत्युको मुखमा मुक्केबाज माइक टाइसन


एक समयका सबै भन्दा सफल र चर्चित बक्सर
माइक टाइसनले ड्रग्स र मदिराले आफ्नो जिन्दगी बार्वाद गरेको बताएका छन्। टाइसनले विगतमा आफ्नो ब्यवहार खराब भएको पनि स्वीकार गरेका छन्। यो समस्याबाट बाहिर निस्कने उनले आशा व्यक्त गरेका छन्।


टेलीभिजन च्यानल इएसपिएनको कार्यक्रम फ्राइडे नाइट फाइट्सु मा ४७ वर्षीय टाइसनले आफूले सादा जीवन जिउन चाहेको बताए। उनले भने म मृत्यु नजिक छु किन भने म नसामा फसेको छु।


कहिले काहीँ खराब मान्छे बन्ने गरेको स्वीकार्दै उनले भनेका छन् मैले केही खराब काम गरेँ तर म यी सबै भुल्न चाहन्छु। आफूले पछिल्ला ६ दिनमा मदिरा र ड्रग्स नलिएको बताएका छन्। उनले यो आफ्नो लागि आश्चार्य भएको पनि बताएका छन्। उनले सबैसँग आफू राम्रो मान्छे भएको भन्दै झुटो बोल्ने गरेको पनि बताएका छन्।


सन् १९८७ मा टाइसन २० बर्षकै उमेरमा डब्लुयुबीसी, डब्ल्यसबीए तथा आइडब्ल्युएफ जस्ता उपाधि जित्ने युवा बक्सर बनेका थिए। त्यसको ५ वर्षपछि टाइसन बलत्कारको मुद्दामा दोषी ठहरिए र ६ वर्ष कैद सजाय पाए। त्यस पछि उनी रिङमा आए र २००६ मा खेलबाट सन्यास लिए।

No comments:

Post a Comment