मुस्ताङमा रहस्यमय गुफा


नेपालको मरभूमी भनेर चिनिने मुस्ताङ
जिल्लामा रहेका चट्टानहरुले अहिले विश्वको ध्यान खिचेको छ । हजारौं वर्ष पुराना करिव १० हजार भन्दा बढी गुफाहरु भेटिएका छन् । पुरातत्वविद मार्क अल्डेनडरफेर को नेतृत्वमा रहेको टोलिले अहिले त्यहाँ अध्ययन अनुसन्धान गरिरहेको छ । यही टोलीमा रहेका विदेशी नागरिक कोरी रिचार्ड पनि छन् जसले शेर्पाहरुलाई हिमाल चढ्ने तरिका सिकाउने गरेका छन् ।जमिनदेखि १ सय ५५ फिट माथि चट्टानमा मानिसहरुले बनाएका गुफाहरु भेटिएका छन् । तर ति गुफा कहिले बने र किन भन्ने कुरा अहिलेसम्म रहस्य मै रहेको छ । यी गुफाहरु विश्वको पुरात्वात्कि महत्वको विषय बन्न सक्नेछ ।जमिनभन्दा १ सय ५५ फिट माथि चट्टान पुगेर कसरी गुफा बनाए रु चट्टानलाई कुदेर गुफा बनाउनुको उदेश्य के हो रु अहिलेसम्म अध्ययन अनुसन्धानको विषय बनेको छ । अनुसन्धानमा रहेका विदेशी नागरिकहरु यसको रह्स्योघाटन गर्नको लागि दिनरात लागिपरेका छन् । यसरी नेपालमा देखिनेरभेटिने विश्वकै दुलर्भ पुरात्वातिक महत्वका विषयहरुलाई नेपाली सञ्चारमाध्यमहरुले बाहिर ल्याउन सकेका छैनन् । यो समाचार बेलायतबाट चलिरहेको अनलाइन पोर्टल डेली मेलबाट लिएका हौं । विश्वको ध्यान खिचिरहेका यी गुफाहरुको बारेमा सरोकारहरुले किन चासो दिएनन् ।



No comments:

Post a Comment