दुई वटा टाउका भएको बालकको


एउटा टाउको माथि अर्को टाउको पलाएको
एक ८ वषर्ीय बालकको सफल शल्यक्रिया गरिएको छ । भारतको पश्चिम त्रिपुरास्थित एक दुर्गम गाउँको उक्त दुइटाउके बालकको कलकत्तास्थित एपोलो अस्पतालमा शल्यक्रिया गरी माथि पलाएको एक टाउको फ्याँकिएको हो ।

तोफाजल नामको उक्त बालकलाई निकै दुर्लभ मानिएको इन्सेफालोमेनिन्जोसेल नामक रोगका कारण गर्भमै थप टाउको पलाएको हो । यस्तो समस्या हरेक ५० हजार बालबालिकामध्ये एक जनामा देखिने गर्छ ।

डाक्टरहरुले त्यो अतिरिक्त टाउँको जैविक रुपमा परजिवी जुम्ल्याहा रहेको बताएका छन् । झण्डै एक किलो तौलको उक्त टाउकोभित्र मस्तिष्क कोषहरु पाइएका थिए ।
पाँच घण्टाको शल्यक्रिया मार्फत डाक्टर सिसिर दासले बालकको उक्त दोश्रो टाउको हटाएका हुन् ।

No comments:

Post a Comment