भैंसीको मुल्य ४० लाख


तपाईलाई विश्वास नलाग्ला एउटा भैंसीको मुल्य
४० लाख भनेर तर उत्तरी भारतको हरियाणाका एक किसानले एउटै भैंसी ४० लाख रुपैयाँमा  बेचेका छन् ।  भैंसीको जातहरु मध्येको सबैभन्दा बढी दुध दिने मुर्रा जातको  उक्त  भैंसीले बढी ४० लाखमा विक्रि भएको भारतिय सञ्चार माध्यमहरुले जनाएको छ ।
भारतको हिसार जिल्लामा बस्ने कपुर सिंहले दुई वर्षअघि उक्त भैंसीलाई ४ लाख रुपैयाँमा किनेका थिए । उनका अनुसार दैनिक २८ लिटर दूध दिने भैंसीले दूध उत्पादनबाट धेरै सम्मान पनि पाएको छ । यसले गर्दा उनले आफूले किनेको भन्दा १० गुणा बढी मूल्यमा बेच्न सफल भएको सिंह बताउँछन् ।

अघिल्लो वर्ष ३० लाखभन्दा बढी रकम प्रस्ताव आउँदा पनि सिंहले उक्त भैंसी बेचेका थिएनन् । किन्न आउनेलाई भैंसी अत्यधिक मन परेको र उनले लक्ष्मीमाथि भिडियो नै बनाएर प्रदर्शन गराउने उद्देश्य राखेका थिए । मैले मानिनँ, सिंहले भने, अहिलेको मूल्यबाट म निकै खुसी छु । यो पैसा छोरीको बिहेका लागि खर्चिन्छु ।

लक्ष्मीलाई किनेका राजीव सरपञ्चले बेस्ट क्याटलु प्रतियोगितामा सहभागी गराउने तयारी गरिसकेको हिन्दुस्तान टाइम्सलाई बताएका छन् ।

No comments:

Post a Comment