सडकले नै गर्छ गाडीको रिचार्ज


विज्ञान र प्रविधीको क्षेत्रमा दिननु दिन नयाँ
नयाँ आविष्कार भइरहेका छन । बढ्दो जनसंख्या र आवस्यकता पनि बढीरहेको छ । यहाँ हामी यातायतको क्षेत्रमा भएको नयाँ आविष्कारको कुरा गर्छौ । दक्षिण कोरियामा यस्तो सडक बनेको छ जहाँ आफुमाथी हिड्ने इलेक्ट्रिक सवारी साधानको रिचार्ज गर्छ ।
१२ किलोमिटर लामो यो सडक दुनियाँमा नै पहिलो परियोजना भएको यसका आविष्कार बताउछन । यसका लागि सडकमा सवारी साधन रिचार्जका लागि रोकिराख्न जरुरत छैन । दुईवटा सार्वजनिक बसले यो टेकनिकको प्रयोग गरिरहेका छन । २०१५ सम्म यस सडकमा अन्य दश बस पनि ल्याइने योजना रहेको छ ।
यो विकसित गर्ने कोरिया एडवान्स इस्टीच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका प्रमुख दोंग हो चोले भनेका छन ओएलईवी ९अनलाइन इलेक्ट्रिक व्हीकल०का लागि हाम्रो परियोजना सफल भएको छ । ओएलईवीका लागि मीलको पत्थर सावित हुने उनले बताए ।
तर यातायात विशेषज्ञले यो टेकनिकका लागि बस तथा सडकमा उपकरण लगाउनु महंगो सावित हुन सक्ने र धेरै व्यवहारिक नहुँने बताएका छन ।
कार्डिफ विश्वविद्यालयका सेन्टर फर अटोमोटिभ इन्डस्ट्री रिसर्चका डाक्टर पल नियुवेनहुइसले भनेका छन निश्चित रुपबाट यो टेक्निकमा सार्वजनिक परिवहन प्रणालीका लागि धेरै सम्भावना छ तर निजी इलेक्ट्रिक सवारी साधनका लागि यसमा सम्वन्धित उपकरण लगाउन धेरै खर्चीलो हुन्छ ।
यो परियोजना दक्षिण कोरियाको दक्षिणी शहर गुमीमा स्थापित गरेको छ ।
शहरका ट्रेन स्टेशनबाट यो डोङग जिल्लाको जोड्ने सडकमा यो टेकनिक लगाइएको छ । यसमा बसको तल्लो हिस्सामा एक उपकरण लगाइएको छ जहाँ शेप्ड म्याग्नेटिक फिल्ड यो रिजोनेंस टेकनिकको प्रयोग गरी चार्ज हुन्छ ।
अनुसन्धानकर्ताका अनुसार विद्युतले चुम्बकीय क्षेत्रको स्वास्थ्यमा कुनै खतरा हुँदैन । सडकको तल्लो भागमा राखिएको बिजुलीको तारबाट विद्युत चुम्बकीय क्षेत्र पैदा गर्दछ तथा यो करेन्टमा बदलिन्छ । यो चार्जहुने उपकरणको सतहबाट १७ सेमी माथी राखिएको हुन्छ ।
पावर स्ट्रिपको सडकबाट पाँचबाट १५ प्रतिशत हिस्सामा स्थापित गरिन्छ ।
अनुसन्धानकर्ताका अनुसार इलेक्ट्रिक सवारी साधानको यात्रा शुरु गर्नुभन्दा अगाडी पहिला ऊर्जा संग्रहीत गर्नु पर्र्दैन । यसको ब्याट्री सामान्य ब्याट्री भन्दा तीन गुना छोटो हुन्छ । यसबाट बाहनको तौल कम हुन्छ तथा बिजुलीको उत्पादनको समय कार्वन डाई अक्साइडको उत्सर्जन घट्छ ।
संसारभर रिचार्ज गरी चलाउने सवारी साधान यो नै पहिलो हो । जसलाई दक्षिण कोरियाले विकसित गरेको हो ।

No comments:

Post a Comment