गुगलको क्रोमकास्ट


गुगलले अनलाइन भिडियो हेर्न सकिने
‘क्रोमकास्ट’ नामक उपकरण बजारमा ल्याएको छ। यसलाई आफ्नो ल्यापटप, ट्याब्लेट वा फोनमा भएको गीत तथाभिडियोलाई टिभी स्क्रिनमा हेर्नसमेत प्रयोग गर्न सकिन्छ।
३२ डलरमा उपलब्ध यो डिभाइस एक प्रकारको पेनड्राइभजस्तै हो। यो उपकरण जुनसुकै अपरेटिङ सिस्टमको ल्यापटप, फोन वा ट्याब्लेटमा चलाउन सकिन्छ। यसको प्रयोग गरी इन्टरनेट मार्फत मुभि, टिभी शो, भिडियो तथा म्युजिक आदि हेर्न तथा सुन्न सकिन्छ।
गुगल क्रोमकास्टमा नेटफिक्स, युट्युब, गुगल प्ले मुभिज र गुगल प्ले म्युजिक आदि केही सीमित स्ट्रिमिङ एप्स उपलब्ध छन्, तर यसले आइफोन फाइभ, नेक्सस सेभेन, क्रोमबुक पिक्सेल तथा अन्य विभिन्न डिभाइसमा समेत काम गर्छ। युट्युब र नेटफिक्स जस्ता साइट हेर्ने भिडियो प्रयोगकर्ताको भीड कम गर्न यो डिभाइसको विकास गरेको गुगलले जनाएको छ।

No comments:

Post a Comment