प्रेम भनेको यस्तो


प्रेम सबैले गर्छन्, त्यसैले संसारमा प्रेम
गर्नेको कमी छैन । तर, हालै चीनका एक युवा ली काग्यु र मलेसियाकी युवती यान सुयिन्गको प्रेमले भने दुनियाँलाई चकित मात्र पारेन, मनै चिस्याउँदै रुवायो पनि । ३८ वर्षीया प्यारालाइज्ड ली र सपांग यानले हालै आफ्नो प्रेमलाई बिहेमा परिणत गरे ।

जन्मिएको सात वर्षको उमेरमा प्यारालाइसिसबाट पीडित ली ओछ्यानमा लडेको ३१ वर्ष भयो । डाक्टरले उनलाई निको नहुने घोषणा गरिसकेका छन् । अशक्त भए पनि उनले मलेसियाकी यानलाई आफूप्रति प्रभावित गर्न सफल भए । ली र यानबीच दुई वर्षसम्म अनलाइन डेटिङ चल्यो । गहिरो प्रेममा परेका उनीहरूले अन्ततस् बिहे गर्ने निर्णय गरे । यानलाई पाउनु लीका लागि सपनाको कुरा भए पनि यानका लागि भने लीजस्तो अशक्तसँग पूरा जिन्दगी बिताउने निर्णय लिनु निकै कठोर कदम थियो । अन्ततस् यानले लीलाई आफ्नो जीवनसाथीका रूपमा स्वीकार गरिन् । लीसँग बिहे गर्ने यानको निर्णयको उनको परिवारले घोर विरोध गर्‍यो । लीको परिवार पनि अपांगता भएका छोराले बुहारी भित्र्याउने कुरामा खुसी थिएन । तर, दुवैको परिवार उनीहरूको प्रेमका अगाडि हारे । चौबीसै घन्टा ओछ्यानमा लडिरहने लीलाई सरकारले हरेक वर्ष दुई हजार तीन सय युआन सहयोग उपलब्ध गराउँदै आएको छ । उनको आम्दानीको एक मात्र स्रोत त्यही अपांगभत्ता हो ।

यानले बिहेको अघिल्लो दिन आफ्नी बहिनीलाई फोन गरेकी थिइन् । फोनमा उनले आफूले आफ्नो मनको राजासँग बिहे गर्न लागेको बताएकी थिइन् । प्यारालाइसिसका कारण उभिन नसक्ने ली र उनको बिहेको फोटो खिच्न पनि समस्या परेको थियो । तर, फोटोसपको प्रयोगबाट उनीहरूले आफ्नो बिहेको फोटो फ्रेममा सजाएका छन् । ली चाउचाउ निकै मन पराउँछन् । त्यसकारण बिहेका लागि मलेसियाबाट चीन पुग्दा यानले चाउचाउ लिएर गएकी थिइन् । अचेल उनले लीलाई आफ्नै हातले चाउचाउ पकाएर खुवाउने गरेकी छिन् । यानले आफूलाई कति माया गर्छिन् रु त्यसबारे बताउन खोज्दा लीका आँखा आँसुले भरिन्छन् । शारीरिक रूपमा कमजोर ली मनको पनि निकै भावुक र नाजुक छन् । उनी इतिहास, भूगोल र समसामयिक खबरको निकै जानकारी राख्छन् । उनीहरूले निकै सामान्य तरिकाले बिहे गरेका हुन् । बिहेका लागि उनीहरूले अनलाइन सपिङ गरेका थिए ।

No comments:

Post a Comment