सबैभन्दा धेरै ड्रम किट


५६ वर्षीय मार्क तेम्पेरातोले संसारको सबैभन्दा धेरै ड्रम किट
बनाउने आफ्नो ३६ वर्ष लगाए । यो अचम्म लाग्दो साधनमा ८१३ पिस छ जसमा ड्रम, सिम्बल्स र बेलहरु छन् र यसको निर्मातालाई एउटा एउटा हान्न नै एक घण्टा लाग्दछ ।

मार्कलाई ड्रमहरुले निकै आकर्षित गर्दथ्यो । विगत ३६ वर्षदेखि आफ्नो ड्रममा काम गरिरहेका उनले अझै पनि केहि कुराहरु थप्ने बताए । न्यूयोर्कको लेकभिल चर्चमा भगवानलाई खुसी पार्नका लागि यो ड्रमको प्रयोग गरिन्छ । प्रत्येक वर्ष आफ्नो ड्रम सेटमा एउटा न एउटा सामान थप्दै आएका उनलाई आफूसँग संसारकै सबैभन्दा ठूलो ड्रमसेट भएको कुरा थाहा थियो । आफ्ना दुई ड्रमर छोराहरुले यो कुरा औपचारिक गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सल्लाह दिए । ३४० वटा ड्रम र सिम्बल्सलाई एउटै ठाउँमा बसेर हानेका कारण उनले पछिल्लो वर्ष आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाए । उनको भर्खरै हाँसिल गरेका पदवीले उनलाई यति धेरै प्रेरित ग¥यो कि उनले ८१३ पिसको ड्रमसेट बनाएका छन् ।

८१३ मध्ये सबैलाई हान्न असम्भवजस्तै छ तर मार्क भन्छन् कि प्रत्येकलाई हान्न करिव एक घण्टा जतिको समय लाग्ने गर्दछ । उनी भन्छन्, उनको २८ इन्चको अग्लो मेचले सबैमा पहुँच पुग्न सजिलो बनाएको छ ।

आफ्नो बर्थडे अगस्ट १३ सँग मिलाउने उनले ८१३ वटा पिस बनाएका थिए र यसलाई नबढाउने सोच बनाएका थिए तर उनले ८१३ बाट १,००० वटा पु¥याउने सोच बनाइसकेका छन् ।

No comments:

Post a Comment