आधा चितुवा, आधा मान्छे


यी मान्छेलाई झ्वाट्ट हेर्दा
डरै लाग्छ । मान्छे पनि कस्तो चितुवाजस्तो रु हाउभाउ पनि कति डरलाग्दो रु किन भयो होला त्यस्तो रु साँच्चीकै यी चितुवा मान्छे आधा चितुवा, आधा मान्छे जस्तै भैसकेका छन् ।

अमेरिकाको टेक्सासका टाटु कलाकार ल्यारी डा लियोपार्ड यस्तो हालतमा छन् की त्यो देख्दा अरु हैरान हुन्छन् र उनका आफन्तलाई समेत उनको यस्तो हालतप्रति चित्त दुखाइ छ । तर उनी भनि आफ्नो चितुवा छनक प्रति गर्व गर्छन् । साँच्ची उनलाई चितुवा जस्तो टाटेपाटे बन्ने कुलत नै लागेजस्तो छ । उनले आफ्नो जिउभरि चितुवाको सरीरमा हुने टाटेपाटे ट्याटु खोपेका छन् ।

४० वर्षे यी पुरुषले जिउमा टाटु मात्र चितुवाको जस्तो बनाएका छैनन् यिनको व्यहोरा पनि चितुवाको जस्तै हुँदैछ । ट्याटु खोपेपछि आफु बढि बलबान तथा चितुवा जस्तै दौडिन सक्ने भएको दाबी उनको छ । त्यतिमात्र होइन आफुले रातमा समेत देख्न सक्ने दाबी उनको छ । उनी ७ वर्षदेखि जुलिया रथसँग रोमान्स गर्दै आएका छन् र उनीहरुबाट एक छोरा पनि जन्मिएको छ । अरु मान्छे कोही ल्यारीलाई देखेर घृणा गर्छन् त कोही डराउँछन् तर जुलिया भने उनलाई खुबै माया गर्छिन् । यद्यपि सधै उपद्रो गर्दा भने जुलियालाई पनि कहिलेकाहीँ हैरानी हुँदोरहेछ ।




No comments:

Post a Comment