एक जना बेहुलीका ८० लोकन्ती

 बिहेको बेला बेहुलीलाई सहयोग गर्ने
महिलालाई लोकन्ती भनिन्छ । यस्तो लोकन्ती बस्ने महिलामा हामीकहाँ सामान्यतया एकजना दिदी बहिनी, साथी वा कुनै पाकी आफन्त महिला हुन्छिन् । तर बेलायतकी एक जना महिलाको बिहेमा भने एक दुइ जना महिला होइन झण्डै ८० जना युवती लोकन्ती भए ।

हारविचको एक स्कुलमा नृत्य शिक्षिकाको रुपमा रहेकी कटी डाल्बीलाई आफ्नो बिहेमा कसलाई लोकन्ती राख्ने रु भन्ने कुराले साँच्चीकै अप्ठेरोमा पार्यो । उनले आफ्ना विद्यार्थी छात्राहरुमध्ये कुनै एक जनालाई लोकन्ती राख्न चाहन्थिन् । तर कसलाई राख्ने रु कसलाई छाड्ने रु उनले कुनै निर्णय गर्न सकिनन् । अन्ततः उनले आफ्ना सबै ७४ जना विद्यार्थीलाई नै लोकन्ती बनाउने निधो गरिन् ।

२६ वर्षकी कटीले ३७ वर्षका नोरमान गूच सँग बिहे गरिन्, झण्डै ८० जना लोकन्तीको धुइरो लगाएर । ७४ जना विद्यार्थी त हुँदै भए । कटीका तिनजना भाउजु, एकजना भतिजो तथा एकजना अर्की मिल्ने साथीले समेत लोकन्तीको भूमिका निर्वाह गरे । लगायतका पनि समावेश भए । सबै लोकन्तीहरुले गुलाबी लुगा लगाएका थिए । बिहे समारोहपछि उनीहरुले तस्वीर खिचाउँदा निकै मनमोहक देखियो । लोकन्ती बसेका उनका विद्यार्थीमध्ये कोही सानो उमेरका थिए भने कोही छिप्पिएका किशोरीहरु समेत थिए ।







No comments:

Post a Comment