जुन सुरुङमा प्रेमी जोडीको सबै मनोकांक्षा पूरा


सुरुङको नाम सुनेर तपाईको
दिमागमा एउटा अँधेरो स्थानको तस्वीर प्रस्तुत भएको हुनुपर्छ । जहाँ केही समयका लागि केही पनि देखिने छैन । यस्तो ठाउँको तस्वीर जुन ढुंगाहरु काटेर बनाइएको होस् ।
त्यस्तो सुरुङमा घामको कल्पना टाढैको कुरा भयो । सुन्दर दृष्य हेर्ने कल्पना त गर्दै नगर्नुस् । तर, तपाईलाई थाहा छ यही संसारमा एउटा यस्तो सुरुङ पनि छ जुन सुरुङमा हेर्दा सुन्दर मात्र छैन प्रेमी जोडीका लागि लभ स्पटसमेत मानिने गरेको छ। यहाँ आएपछि प्रेमीहरुको इच्छा पूरा हुन्छ भन्ने जनविश्वास समेत छ ।
हो, युक्रेनको क्लेभेन नामक एउटा सहर हो । त्यही सहरमा एउटा यस्तो सुरुङ छ जुन प्रेमी जोडीको मनोकांक्षा पूरा गर्नका लागि प्रसिद्ध छ । वास्तवमा यो सुरुङ एउटा हराभरा सुन्दर पार्कजस्तो देखिन्छ । यहाँ निजी रेलको लिक पनि विछ्याइएको छ, जहाँबाट कारखानाका लागि रेलले दाउराहरु लाने गर्दछ ।
रिपोर्टका अनुसार तपाईलाई यो स्थान निकै विरानो पनि लाग्न सक्दछ । तर, यथार्थमा प्रकृतिको सुन्दर कलाकारिताको नमूना हो यो । चारैतिरबाट हराभरा सुन्दर लहरा र रुखविरुवाले घेरिएको यो सुरुङ प्रेमीहरुका लागि लभ स्पट मानिने गरेको छ। स्थानीय जनविश्वासअनुसार जसको प्रेम साँचो छ यहाँ आएर मागिएको वर प्राप्त हुने गर्दछ ।




No comments:

Post a Comment