आईफा अवार्डमा


अभिनेत्री बिद्या बालनलाई सर्बश्रेष्ठ अभिनेत्रीको अवार्ड
प्रदान गर्दै बलिउडको चर्चित आईफा अवार्ड–२०१३ सकिएको छ ।
अभिनेत्री बालनलाई चलचित्र ‘कहानी’को दमदार अभिनयका कारण सो अवार्ड प्रदान गरिएको एजेन्सीले जनाएको छ । अभिनेता रणबीर कपुरले चलचित्र ‘बर्फी’मा गरेको अभिनयका कारण सर्वश्रेष्ठ अभिनेताको अवार्ड हात परेका हुन् ।
बिद्यालाई बलिउडका अभिनेता अभिषेक बच्चनले पुरस्कार दिए । पुरस्कार हातपर्ने बित्तीकै अभिनेत्री बालनले ‘कहानी’ चलचित्रका निर्देशक संजय घोषलाई समर्पित गरिन् ।
‘बर्फी’ चलचित्रबाट सर्वश्रेष्ठ अभिनेता अवार्ड हातपारेका रणबीर कार्यक्रममा उपस्थीत थिएनन् । उनको अनुपस्थीतिमा पुरस्कार निर्देशक अनुराग कश्यपले लिए ।
आइफामा रणबीर र विद्या लगातार दुईपटक सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री हुन सफल भएका छन् । ‘राँकस्टार’ र ‘द डर्टी पिक्चर’का कारण यी दुबैले यस अगाडी आइफा अवार्ड हातपारी सकेका छन् ।
चलचित्र ‘बर्फी’ले यस बर्ष आईफामा अन्य केही पुरस्कार पनि हात पार्‍यो । जसमा सवश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ कथा र संगीत रहेका छन् ।
रणबीर र दीपिका पादुकोणका जोडीले अवार्डमा सर्वश्रेष्ठ जोडीका रुपमा पुरस्कार जिते । पुरस्कार लिने क्रममा दीपिकाले रणबीरसंगको प्रेम सार्वजनिक रुपमै घोषणा गरिन् ।
चलचित्र ‘विकी डोनर’का कलाकार आयुष्मान खुराना र यामी गौतमले आफ्नो हातमा सर्वश्रेष्ठ नवोदित अभिनेता एवं अभिनेत्रीका पुरकार जिते । सर्बश्रेष्ठ नबनिर्देशकको पुरस्कार चलचित्र ‘इग्लिश विग्लिश’का निर्देशक गौरी शिन्देले सुरक्षित गरे ।
कार्यक्रममा श्रीदेवी, माधुरी दीक्षित, अभिषेक बच्चन र दीपिका पादुकोणलगायतका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
आईफा अवार्ड को–को ले पाए रु
सर्वश्रेष्ठ नायक स् रणबीर कपूर ९फिल्म–बर्फी०
सर्वश्रेष्ठ नायिका स् विद्या बालन ९फिल्म–कहानी०
सर्वश्रेष्ठ फिल्म स् ‘बर्फी’
सर्वश्रेष्ठ निर्देशक स् अनुराग बसु ९फिल्म–बर्फी०
सर्वश्रेष्ठ सपोर्टिङ पुरुषमा स् अनु कपूर ९फिल्म–विकी डोनर०
सर्वश्रेष्ठ सपोर्टिङ महिलामा स् अनुष्का शर्मा ९फिल्म–जब तक है जान०
सर्वश्रेष्ठ डेब्यू महिला स् यामी गौतम ९फिल्म–विकी डोनर०
सर्वश्रेष्ठ डेब्यू पुरुष स् आयुष्मान खुरान ९फिल्म–विकी डोनर०
सर्वश्रेष्ठ एक्टर इनकामिक रोल स् अभिषेक बच्चन ९फिल्म–बोल बच्चन बोल०
सर्वश्रेष्ठ एक्टर इन नेगेटिव रोल स् ऋषि कपूर ९फिल्म–अग्निपथ०
स्टार जोडी ऑफ द ईयर स् दीपिका पादुकोण र रणबीर कपूर
सर्वश्रेष्ठ डेब्यू डायरेक्टर स् गौरी शिंदे ९फिल्म–इग्लिश विंग्लिश०
सर्वश्रेष्ठ म्यूजिक डायरेक्टर स् प्रीतम ९फिल्म–बर्फी०
सर्वश्रेष्ठ लिरिक्स स् अमिताभ भट्टाचार्या ९फिल्म–अग्निपथको गीत ‘मुझमें कहीं बाँकी’०
सर्वश्रेष्ठ सिंगर पुरुष स् सोनू निगम ९फिल्म–अग्निपथ०
सर्वश्रेष्ठ सिंगर महिला स् श्रेया घोषाल ९फिल्म–अग्निपथको ‘चिकनी चमेली’०
विषेश अवार्ड
आईफा फारएवर स् यश चोपडा
इण्डियन इण्टरनेशनल सिनेमा आउटस्टैंडिङ अचीवमेट स् अनुपम खेर
आउटस्टैंडिङ कान्ट्रीब्यूशन टू इण्डियन सिनेमा स् जावेद अख्तर
ह्यूमैनिटी अवार्ड स् शबामा आजमी

डिजिटल स्टार आफ दि ईयर स् शाहरुख खान





No comments:

Post a Comment