मेक्सिको मृत घोषित ब्यक्तिले मेयरमा जितेपछि


मेक्सिको मृत घोषित ब्यक्तिले मेयरमा जितेपछि हंगामा
भएको छ । सन् २०१० मा अदालतले समेत मृत्यु भएको स्वीकार गरेका लेनिन अमातेंगो मेयरमा निर्वाचित भए पछि त्यहाँ सवत्र यहि विषयले चर्चा पाएको छ ।

अधिकारीहरुका अनुसार कानून र प्रशासनलाई चक्मा दिने लेनिन आगस्टिनले अमातेंगो शहरको मेयरमा निर्वाचित भएका हुन् । चुनाव प्रचारका क्रममा लेनिनले आफ्नो पोस्टरमा विकासका लागि प्रयासरत भन्दै प्रचार गरेका थिए ।

प्रहरीका अनुसार २०१० मा लेलिननविरुद्ध सामूहिक बलात्कारको मुद्दा चलिरहेको थियो । तर, परिवारले उनको मृत्यु भएको प्रमाण पत्र पेश गरेका थिए । लेनिनको पार्टी डेमोक्रेटिक रेभोल्यूशन पार्टीले लेनीनले पार्टीलाई बेवकूफ बनाएको र अब उनलाई मेयर पदमा काम गर्ने अनुमति नदिने बताएको छ । उनले उम्मेदवार बन्ने समयमा पेश गरेको कागज पत्रमा उनी अपराधिक क्रियाकलापमा संलन भएको कुनै कागज थिएन र कुनै अपराधिक क्रियाकलापमा संलग्न नभएको सँगै आफ्नो जन्म प्रमाण पेश गरेका थियो ।

उलेनिनको पार्टी डेमोक्रेटिक रेभोल्यूशन पार्टी एक अधिकारीले भनेका छन्(’लेनिनले अदालतलाई धोका दिए । रेकर्ड कार्यालयलाई बेवकूफ बनाए र चुनाव अधिकारीलाई अध्यारोमा राखे ।’

स्थानीय सञ्चार माध्यमहरुका अनुसार लेनिनको मत्यु प्रमाण पत्रमा उनको मृत्यु कोमामा गएपछि प्राकृतिक कारणले भएको उल्लेख छ । जसमा डाक्टरको हस्ताक्षर समेत छ र यसलाई स्थानीय रेकर्ड अफिसरले जारी गरेका छन् । तर सबै नक्कली कागजात नभइ सबै कानुनी रित पुर्याएर प्रशासनलाई झुक्याएर बनाइएको बताइएको छ ।

No comments:

Post a Comment