लोग्ने स्वास्नी दाजु बहिनी भएको



चिनमा पछिल्लो समय अचम्मका घटनाहरु
घट्न थालेको छ । आमाले आफ्नै छोराको अनुहारभरी कैंचीले प्वाल पारिदिने, झ्यालमा बसेर यौन सम्पर्क गर्दा दुवैको खसेर मृत्यु, ट्वाइलेटमा फालिएको बच्चाको जिउँदै उद्दार अनेक । यस्तैमा चिनमा परिवारलाई जानकारी नदिइ लुकि छिपी बिहे गरेका एक जोडी आफ्नै दाजु बहिनि भएको खुल्न आएको छ ।


चिनको ग्वांगझु प्रान्तमा यस्तो घटना घटेको हो । ग्वांगझु प्रान्तका ली जियांग र सने वेनबिवाह बन्धनमा बाँधिदा ज्यादै खुशि थिए । यी दुईको भेट सन् २००७ मा युनिभर्सिटीको एक समारोहमा भएको बताइन्छ । सोहि भेटमा दुईले एक अर्कालाई मन पराएकाथिए ।

ई चाईना सिटिजमा प्रकाशित समाचार अनुसार दुई बर्षको प्रेम सम्बन्ध पछि यी दुईले सन् २००९ मा गुपचुप बिहे गरे । तर बिवाह कुरा भने यीनले कहिल्यै कसैसँग खुलाएनन् । २०१२ को अन्त्य तिर लि ले आफ्ना पितासँग आफुलाई एउटी केटि मन पराएको र उसँग बिहे गर्ने चाहेको भन्दै बिहे गरिसकेको केटी भेटाए । तर छोराले मन पराएको भनेको केटी आफ्नै छोरि देख्दा केटाको बाबुको होस् हवाउ उडायो ।

समाचारमा उल्लेख भए अनुसार लि का पिता र सनकी आमा बिच युवा उमेर प्रेम सम्बन्ध थियो । सोहि प्रेम आलापमा सनको जन्म भएको थियो । आफ्नै छोरी भएको थाहा भएपछि लि का पिताले सो बिवाह अस्वीकार गरिदिए ।

हाल लि अदालतको ढोका ढक्ढक्याउँदै छन । अब दाजु बहिनिको बिहेको सम्वन्ध अदालतले किनार लगाउने भएको छ । अदालतले प्रमुखताका साथ हेरिरहेको भनेको यो फैसला केही दिनमै हुने बताइन्छ । अब कुर्न बाँकी छ लुकिछिपि प्रेम गरेर बिवाह गरेका दाजु बहिनिलाई अदालतले कस्तो न्याय दिन्छ ।

No comments:

Post a Comment