प्रेम हुँदा सेक्स गरेर छुटेपछि बलात्कार


तिन बर्षदेखी प्रेम सम्बन्धका समयमा
आफुमाथी बलात्कार भएको युवतिको आरोपछि जेलमा रहेका युवा अदालतको आदेशपछि छुटेका छन । भारतको मुम्बई उच्च अदालतले प्रेम सम्वन्ध भएको समयमा हुने यौनसम्बन्धलाई बलात्कार भन्न नमिल्ने फैसला गरेपछि ३९ वर्षीय मनेश कोटियान रिहा भएका हुन ।

न्यायाधीश साधना जाधवको उक्त फैसला पछि तीन वर्ष देखि जेलमा रहेका आरोपी छुटेका हुन । कोटियान विरुद्ध उनकी पूर्वप्रेमिकाले बलात्कारको आरोप लगाएकी थिइन् । अदालतले प्रेमका बेला भएको यौनसम्बन्धलाई टुटेपछि बलात्कार भनेर आरोप लगाउन नमिल्ने फैसला समेत गरेको छ ।

महिला आफैले स्वीकार गरेको कुरा के हो भने उनी आरोपी सँग प्रेममा थिइन, उनी विवाह गर्न चाहन्थिन । यस्तो परिस्थितिमा भएको यौनसम्बन्ध बलात्कार मान्न सकिदैन । न्यायाधीस जाधवले फैसलामा भनेका छन् । ती महिलाले आफ्नो जन्मदिन मनाउने क्रममा आफ्ना पूर्वप्रेमीले आफुलाई होटलमा जवरजस्ती करणी गरेको आरोप लगाएकी थिइन । तर अदालतले उनीहरुबीच भएको उक्त यौनसम्बन्ध सहमतीमा भएको यौन सम्वन्ध भनेको छ ।

अदालतले भनेको छ कि ती महिलाले आफुलाई बचाउन कुनै प्रयास नै गरेको देखिदैन त्यसैले यो बलात्कार होइन । तर अदालतले ती महिलालाई प्रेममा धोका दिएको भन्दै दोषी ठहर गरेको छ । पुरुषले विवाहीत रहेको अवस्थामा प्रेमीकालाई ढांटेर प्रेम सम्बन्ध राखेकोमा अदालतले दोषी ठहर गरेको हो ।

No comments:

Post a Comment