सौर्य ऊर्जाबाट चल्ने विमान


पूर्ण रुपमा सौर्य ऊर्जाबाट चल्ने विमानले पूरै
अमेरिकाको फन्को लगाएर यात्रा पुरा गरेको छ ।
शनिबार अपरान्ह २।२६ मा वाशिङ्गटनबाट उडेको विमान आइतबार बिहान ९।१५ बजे न्युयोर्कको जेएफके विमानस्थलमा अवतरण भएको हो । अधिकारीहरुका अनुसार दिनरात आकाशमा उडेर सौर्य ऊर्जाले चल्ने विमानले पुरै अमेरिकाको फन्को मारेको यो पहिलोपटक हो । यात्राका क्रममा यो जहाज ८ राज्यका हवाईअड्डामा रोकिएको थियो ।
यो विमान हवाई इन्धनबाट चल्ने अन्य विमानभन्दा कयौ गुना हलुका छ । दुईजना पाइलटले पालैपालो उडाएको विमानले प्रतिघण्टा ७० किलोमिटरको दरले यात्रा तय गरेको बीबीसीले जनाएको छ ।
सौर्य ऊर्जाबाट चल्ने एचबी–आएसआइए विमानको पंखाको चौडाई एयरबर ए ३४० जतिकै छ । तर, यसको तौल मात्र १।६ टन छ । जबकि पूर्ण रुपमा भरिएको एयरबस ए ३४० को तौल ३७० टन हुने गर्दछ ।





No comments:

Post a Comment