आइफोनमा करेन्ट लाग्दा युवतीको मृत्यु


आइफोनमा कुराकानी गर्दागर्दै करेन्टको झट्का
लागेपछि एकजना चिनिया युवतीको मृत्यु भएको छ । चार्ज भैरहेको आइफोन ५ मा कल आएपछि फोन उठाएर कुरा गर्दा तत्कालै ती २३ वर्षकी युवतीलाई करेन्ट लागेको बताइएको छ ।



चिनिया संचार माध्यम सिन्ह्वाका अनुसार पश्चिमी जिनजियाङकी २३ वर्षीया मा अइलुनको आइफोनमा करेन्ट लाग्दा बिहिबार ज्यान गएको पुष्टि गरेको छ । चिनिया माइक्रोब्लगिङ साइटमा घटनाबारे उल्लेख गर्दै ज्यान गुमाउने युवतीले बहिनीले आइफोनमा कुरा गर्दा करेन्ट लागेर आफ्नी दिदीको तत्कालै मृत्यु भएको भन्दै आइफोनको प्रयोग गर्दा होसियारी अपनाउन अपिल गरेकी छिन् ।

उता यस घटनाप्रति चासो देखाउँदै आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले मृतक युवतीका परिवारप्रति समवेदना प्रकट गरेको छ र घटनाको पूर्णरुपमा छानविन गर्ने र छानविनका लागि चिनिया अधिकारीहरुलाई समेत सहयोग गर्ने जनाएको छ ।

स्मरण रहोस् चिनिया संचार माध्यम तथा उपभोक्ताको चर्को आलोचनापछि गएको अप्रिलमा एप्पलले चिनिया उपभोक्तासँग माफी माग्दै चिनमा आइफोनको वारेन्टी नीतिमा परिवर्तन गरेको थियो ।

No comments:

Post a Comment