सुनिल थापाले प्रियंकासँग फिल्म खेल्ने


नेपाली फिल्म क्षेत्रमा चर्चित खलनायक सुनिल थापाले
बलिउडमा प्रवेश पाएको छ । मुम्बईमा संर्घषरत उनले अडिसन दिएरै सञ्जयलीला बंशालीको फिल्ममा राम्रै भूमिका पाएका छन् ।
फिल्ममा सुनिलले प्रियंका चोपडासँग खेल्ने र उनको भूमिका प्रियंकापछिको मुख्य भूमिका रहेको जनाइएको छ । लण्डन ओलम्पिकमा रजत पदक जित्न सफल भारतीय बक्सर मेरी कोमको जीवनमा आधारित फिल्म ‘मेरी कोम’मा मेरीको प्रशिक्षकको रुपमा नेपालका सुनिल थापा देखिनेछन् । मेरीको भूमिका भने प्रियंकाले गर्दैछिन् ।
मेरी कोमको प्रशिक्षक लालब्वाईको भूमिका पाउनुक उनको लागि एउटा संयोग बनेको छ । नेपालमा राते काइँला भनेर चिनिने यी खलनायक यता गएपछि पाि लालब्वाई अर्थात् रातेकेटो नाम पाएका छन् ।
वंशालीको छिट्टै सुटिङमा जाने तयारीमा रहेको यस फिल्ममा उनी कागजी रुपमा अनुबन्ध र्भसकेका छन् । त्यसलगत्तै प्रियंकाको बाबु देहवशान हुँदा सुनिल पनि श्रद्धाञ्जलीका लागि पुगेका थिए ।

No comments:

Post a Comment