आमा र छोरीको एउटै पुरुषसँग विवाह



  हाल ३० वर्षीया ओरोला डाल्बोटको
बाल्यकाल बंगलादेशको एउटा विकट गाउँमा सौतेनी पिता नोटेनको घरमा रमाइलोसँग बितेको थियो। उनी सानै छँदा उनको पिताको निधन भएको थियो। उनकी आमा मित्तामोनीले केही समयपछि नै नोटेनसँग दोस्रो विवाह गरिन्। नोटेन निकै आकर्षक र फुर्तिला थिए। कालो घुम्रेको केश र हंसिलो मुहारका आफ्नो सौतेनी पितासँग मोधुपुरको मध्य जंगल क्षेत्रमा रहेको घरमा आफ्नी आमालाई पनि रमाएको देख्दा ओरोलाको बाला सुलभ मनमा ठूलो भएपछि आफूले पनि नोटेन जस्तै केटा रोजेर विवाह गर्ने कुरा खेल्ने गथ्र्यो।

तर किशोरावस्थामा प्रवेश गर्ना साथ उनले आफ्नो सपना त पहिले नै साँचो भइसकेको चाल पाइन्। उनी त नोटेनकै पत्नी भइसकेकी रहिछिन्। एउटै मण्डपमा तीन वर्षको उमेरमा उनको र उनकी आमाको नोटेनसँग विवाह भइसकेको रहेछ। भारत र बंगलादेशको पहाडी क्षेत्रमा फैलिएको करिब २० लाख मान्दी आदिवासी समूहको अनौठो र उदेकलाग्दो परम्पराअनुसार आमाछोरीको एउट पुरुषसँग विवाह भएको रहेछ। ओरोलाले भनिन्– ‘पत्याउनै नसकिने कुरा सुनेपछि म त्यहाँबाट भाग्न चाहन्थें।’

मान्दी महिलाहरू वन विनाशविरुद्ध लडिरहेका बारे एउटा लेखको रिपोर्टिङ गर्न मोधपुर क्षेत्रको एउटा विकट गाउँतर्फ जाँदै गर्दा मैले नाटकीय शैलीमा मेरो विवाहको रहस्य थाहा पाएको थिएँ। विगत २० वर्षदेखि सोही क्षेत्रमा अध्ययन गर्दै आएका बंगलादेशी वातावरणविद् फिलिप गेनले मलाई मान्दी महिलाहरूले पुरुषहरू सरह अधिकार सम्पन्न हुने क्रममा कसरी सम्पत्तिमाथि स्वामित्व हासिल गर्नेगरेको र अन्य बंगाली महिलाहरूको तुलनामा तिनीहरू बढी स्वतन्त्र रहेको बारे बताउँदै गर्दा आमा र छोरीको संयुक्त विवाहको प्रसंग निकालेका थिए।

वातावरण र मानव विकासका लागि समाज नामक बंगलादेशको राजधानी ढाकास्थित एक गैरसरकारी संस्थामा कार्यरत गेनका अनुसार मान्दी परम्पराले विधवा महिलाले पुनः विवाह गर्न चाहेको खण्डमा आफ्नो पूर्वपतिसँगको नवपतिको सम्बन्ध जोड्नका लागि त्यसरी आफ्नी छोरीलाई पत्नीका रूपमा स्विकार्ने केटा खोज्नुपर्ने हुन्छ।

प्रायशः एकल पुरुषहरू भर्खर किशोरावस्था पार गरेका कलिला युवाहरू हुने भएकाले पनि ती विधवाहरूले नवपतिलाई आफ्नी छोरीसमेत विवाह गर्न प्रस्ताव गर्ने गरेका छन्। उमेर पुगेपछि ती छोरीहरूले पनि एक पत्नीले जस्तै यौनसेवा र बच्चा जन्माइदिने तथा सम्पूर्ण घरधन्दा सम्हल्नुपर्ने हुन्छ। तर समय र चेतनामा आएको परिवर्तनसँगै अचेल विस्तारै यो कुरीति हट्दै गइरहेको छ भने केही मान्दी परिवारमा भने अझै यो चलन अनिवार्य रहेको छ।

करिब १६ करोड बंगाली मुस्लिम रहेको बंगलादेशका दक्षिणपूर्वी र मध्यपहाडी क्षेत्रका अल्पमत आदिवासीहरूले १९औं शताब्दीमा त्यहाँ क्याथोलिक मिसिनरी नआउन्जेल जंगली परम्परा नै मान्दै आएका थिए। ढाकादेखि धेरै टाढाको अर्थात् ६ घन्टा लामो मोटर बाटो गएपछि मात्र पुग्ने माधुपुर क्षेत्रमा करिब २५ हजार मान्दी रहेका छन्। ससाना खेत पछाडिका लस्करै बनेका माटोको कच्ची घरहरूमा तिनीहरू बस्ने गर्दछन्।

५१ वर्षीया आमा, ४२ वर्षीय लोग्ने र आफ्नी आमातर्फबाट जन्मेका करिबकरिब आफ्नै उमेरका केटाकेटीहरू र आफूले जन्माएका भुराभुरीलाई खाना पकाउँदै ओरोलाको दिन बित्ने गरेको छ। हुनत अन्य धेरै गाह्रो साह्रो काममा उनलाई केटाकेटी, लोग्ने र आमाले पनि सघाउने गरेका छन्। यस सानो मोधुपुर गाउँमा पारिवारिक विवाह व्यवस्थापन प्रणाली एक खुला रहस्य हो। तर कसैले पनि कहिले पनि यस प्रसंगलाई कोट्याउने गर्दैनन्।

ओरोला भन्छिन्– ‘बाध्यतालाई जसरी नि सहनु परे पनि स्वसान्त्वनाका लागि कसैसँग यसबारे कुरा गरेर मन हलुंगो पार्ने वर्षौं पुरानो रहर अझै मेटिएको छैन।’ मानिसहरू यसलाई गैर इसाई विषयवस्तु ठानेर बेवास्ता गरिदिन्छन्। अधिकांश आदिवासीलाई मिसनरीले धर्म परिवर्तन गराइसकेको छ। इसाई गुरुहरूको हस्तक्षेपको कारण कोही बिरामी पर्दा बोकाको बली दिएर सुस्वास्थ कामना गर्ने परम्परा हराउँदै गइरहेको छ। त्यसै गरी आफूसँग मन मिल्ने केटीलाई भगाएर लाने र केटी पक्ष विवाहका लागि तयार भएपछि मात्र लुकाएर राखिएकी केटीलाई सार्वजनिक गर्ने परम्परा पनि लोप हुँदै गएको छ। 

सम्भवतः विश्वभर अझै पनि आर्थिक फाइदाको कारण लोकप्रिय बहुविवाह प्रथाको कारणले पनि हुनुपर्छ, आमाछोरी संयुक्त विवाह प्रचलन भने थोरै संख्यामा भए पनि कायमै छ। भर्खरै २० वर्ष टेकेकी ओरोला बाँचुन्जेल भोग्नुपर्ने एक प्रकारको असह्य रिक्तता र तिक्ततालाई यसरी पोख्छिन्– ‘मेरो पिताको ज्वरोबाट मृत्यु भएपछि मेरी आमा एक्लैले घर र खेत धान्न सकिनन्। र, १७ वर्षीय नोटेनसँग मलाई पनि स्विकार्ने सर्तमा आमाले विवाह गर्नुपर्यो।’ ओरोला यसरी आफ्नी आमालाई यस विषयमा निर्दोष सावित गर्छिन्। दुई वंशको आर्थिक सुदृढीकरणका लागि यो प्रथा चलाइएको रहेछ। कम उमेरकी दाइजो जस्तै प्राप्त पत्नीबाट थपिएका सन्तानले मान्दी परिवार आफूलाई धनी र शक्तिशाली ठान्दो रहेछ। आफ्ना अन्य साथीहरू रोजी रोजी प्रेमी छानेर र तिनीहरूसँग मजाले रोमान्स गरिसकेपछि मात्र घर बसाउने गरेको देखेर ओरोलाको निकै मन रुने गरेको छ।

आफूलाई धोका भएको जस्तो ठान्ने उनी चाहेजस्तो प्रेमको अभावमा यति निरुत्साहित भइसकेकी रहिछिन् कि उनले आकाशतिर हेर्दै कयौंपटक आत्महत्या गर्ने सोचसमेत आएको बताउँछिन्। हुन पनि चाहेजस्तो जीवन साथी बिना खानु, पिउनु र श्वास फेर्दैमा मानिसलाई साँचो अर्थमा बाँचेको भन्न सुहाउँदैन।

No comments:

Post a Comment