लामो उपचार गरेर फर्किएको कुकुरको भव्य स्वागत

अमेरिकावाट आठ महिनाको लामो उपचार गरेर आफ्नै देश फर्किएको कुकुरलाई फिलिपिन्समा भव्य स्वागत गरिएको छ । कवाग नाम गरेको कुकुरको अहिले विश्वमै चर्चाको विषय बनेको छ । त्यस कुकुर फिलिपिन्समा हिरोको नामले प्रसिद्ध भएको छ । यस कुकुरको दुई बालिकाको ज्यान जोगाउने क्रममा मुख र मेरुदण्ड भाँचिएको थियो । त्यसपपछि उक्त कुकुरलाइ उपचारका लागि कोलम्बिया युनिभर्सिटीको अस्पताल भर्ना गरिएको थियो।


सन २०१२ को डिसेम्बरमा मोटरसाइकलले मालिकका दुई बालिकालाई ठक्कर दिन खोज्दा कुकुरले ज्यान जोगाएको थियो। उक्त कुकुरको त्यस प्रकारको साहसप्रति साहनुभूति देखाउँदै उपचारका लागि फेसबुक तथा ट्विटरबाट मानिसहरूले पैसा संकलन समेत गरेका थिए। त्यसपछि उक्त कुकुरलाइ अमेरिका स्थित कोलम्बिया विश्व विद्यालयको पशु अस्पतालमा भर्ना गरि दुई पटक सर्जरी गरिएपश्चात कवाग पूर्ण रूपमा निको भएको हो। कवागको उपचारका लागि ४५ देशका मानिसहरू २७,००० अमेरिकी डलर जम्मा गरेका थिए । त्यसपछि मात्र त्यसपछि मात्र उसको उपचार सम्भव भएको थियो । बीबीसीले जनाए अनुसार फिलिपिन्सको जाबोअंगा सहरमा कवागको सम्मानमा एउटा कार्यक्रम समेत राखिएको छ ।

No comments:

Post a Comment