पिठ्युँमा खुट्टा भएको बाच्छी


अमेरिकाको टेक्सासमा जन्मिँदै पाँच खुट्टा
भएको गाइको बाच्छीको पाँचौ खुट्टा काटेर फ्यालिएको छ । ब्रेनह्यामस्थित पशुस्वास्थ्य अस्पतालमा अप्रेशन गरी उसको पाँचौ खुट्टा काटिएको हो । त्यो अतिरिक्त खुट्टा हटाइएपछि अहिले बाच्छीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।



गएको मार्च ९ मा पिठ्यूँमा पाँचौ खुट्टा भएको उक्त बाच्छी जन्मिएको थियो । बाच्छीको पाँचौ खुट्टा काटेर फ्याँकिदिने डाक्टर ली पान्कोले आफुले पाँच खुट्टा भएको जनावर पहिलोपटक देखेको भन्दै त्यो अनुवंशिक विकृतिका कारण भएको हुनसक्ने बताए ।

अघिल्लो खुट्टाजस्तै आकारको उक्त खुट्टा काँधको ठ्याक्कै तल पिठ्यूँमा पलाएको थियो । गाइपालन गरेका चाल्र्स हार्मेल आफुले ४० वर्षदेखि गाइपालन गरिरहेकोमा पहिलोपटक यस्तो विचित्र घटना देखेको बताउँछन् ।

No comments:

Post a Comment