७ किलोको घोर्ले छोरो

स्वस्थ बच्चाको तौल जन्मिदाखेरी
बढिमा ४ किलोसम्म हुन्छ । तर बेलायतकी एक युवतीले भने ७ किलो भन्दा पनि बढि तौलको छोरो जन्माएकी छिन् । त्यो पनि कुनै अप्रेसन बिना । २१ वर्षकी जेड प्याकरले ७ किलोको बच्चा जन्माएकी हुन् । बेलायतको ग्लुसेस्टरसायरकी ती युवतीले फेब्रुअरी एघारमा उक्त भिमकाय बच्चा जन्माइन् ।

१६ घण्टाको अथक प्रयास र प्रसव वेदना सँगै उनले छोरो पाउन सफल भइन् । बच्चा जन्मिने बेला ठूलो आकारको रहेकाले त्यसको काँध योनीभित्रै धेरैबेर अड्किएका कारण झण्डै आमा र बच्चा दुबैको ज्यान गएको थियो । दश मिनेटसम्म त्यसरी बच्चा अड्किएपछि अक्सिजनको कमीका कारण उक्त बच्चा बाँच्ने सम्भावना केवल १० प्रतिशत मात्र थियो । तर अन्ततः सफलतापूर्व बच्चा जन्मियो र बाँच्यो पनि ।

जन्मिँदै निकै सप्रेको त्यो बच्चा र आमालाई ६ हप्तासम्म अस्पतालमै राखिएपछि बल्ल डिस्चार्ज गरेर घर पठाइएको छ । ६ हप्तामै त्यो बच्चा २ फिट २ इन्च अग्लो भैसकेको छ । उसको लागि ६ महिनाका बच्चालाई हुने साइजका लुगाफाटो चाहिन्छ । त्यो बच्चोका आमाबुवा दुबै २१ वर्षका छन् । 





No comments:

Post a Comment