खान नपाएर भन्दा ज्यादा खाएर मर्दैछन्.....

संसारमा भोकमरीले भन्दा बढी खाएर
मोटाएर मर्ने मानिसको संख्या धेरै भएको हालै गरिएको एक अध्ययनमा देखिएको छ। यो अध्ययन विश्वभरि नै गरिएको थियो। अहिलेसम्मकै सबैभन्दा बृहत स्वास्थ्य अध्ययन मध्ये एक मानिएको यसमा सन् २०१० मा भएका मृत्युका कारण विश्लेषण गरिएको थियो।
 त्यसपछि ती कारणको र तथ्यांकको तुलना २० वर्षअघिका तथ्यांकसँग गरिएको थियो। २० वर्षअघि कुपोषण र भोकमरी बिरामी हुने र मृत्युको मुख्य कारण थियो। अध्ययनले सन् २०१० मा विश्वमा मोटोपनका कारण ३० लाखभन्दा बढीको मृत्यु भएको देखाएको छ। यो संख्या कुपोषण र भोकमरीबाट मर्नेको संख्याको तीन गुना बढी हो। अध्ययनले अफ्रिकामा कुपोषण र भोकमरी अझै पनि मृत्युको मुख्य कारण रहेको देखाएको छ। अध्ययनमा संलग्न क्विन्सल्यान्ड युनिभर्सिटीका प्रोफेसर एलन लोपेजका अनुसार अध्ययनका नतिजा अचम्मलाग्दा छन्। उनी भन्छन् । अध्ययनका निष्कर्षबाट हामी आश्चर्यचकित भएका छौं। हामीले सप्रमाण कुपोषणका सबै प्रभाव विश्लेषण गर्‍यौं। यसबाट २० वर्षयता बालबालिकामा कुपोषण निकै घट्दै गएको पाइयो। तर मोटोपनका कारणबाट हुने रोग तीव्र गतिमा बढेको हामीले अध्ययनमा पायौं। प्रोफेसर लोपेजका अनुसार मोटोपन धनी देशमा मात्र नभएर विकासशील देशमा समेत ठूलो समस्या बन्दैछ। लोपेज भन्छन्, । यो धनी राष्ट्रको मात्र समस्या होइन। १० वर्षयता विश्वभरि नै मोटोपन लगातार बढेको हामीले पायौं। विकासशील देशमा समेत मोटोपन बढ्दै गएको र समस्या बनेको देख्दा हामी छक्क पर्‍यौं। धनी देशमा जस्तो गम्भीर समस्या नभए पनि विकासशील देशमा समेत मोटोपन लगातार बढीरहेको छ। लोपेजका अनुसार मोटोपन बढ्ने कारण हो( आवश्यकताभन्दा बढी भोजन गर्नु। तर अफ्रिकामा भने अझै पनि उमेरै नपुगी हुने मृत्युको मुख्य कारण कुपोषण र भोकमरी नै भएको लोपेज बताउँछन्।

No comments:

Post a Comment