बिचित्रको आर्ट ग्यालरी

आर्ट ग्यालरीमा कलाकृति हेर्न जाँदा
भित्तामा टाँसिएको चित्रले तपाइँलाई कहिल्यै लात्ताले हानेको छ रु पक्कैपनि छैन होला । किनकी क्यानभासमा खिचिएका ती चित्र क्यानभासबाट बाहिर निस्केर लात्ताले हान्ने कुरै भएन । तर चीनको तियान्जिनस्थित एक मलमा भएको चित्रकला प्रदर्शनीमा पुग्नेलाई चित्रमा रहेकी एक युवतीले लात्ताले हान्नेछिन् भने मोनालिसाले दाहिने हातको चोरी औँलाले तपाइँको लुगा अड्काइदिनेछिन् । यतिमात्र होइन तपाइँले चित्रैमा रहेको एक भुसतिघ्रे मानिसको हातबाट वाइन पिउन सक्नुहुन्छ ।


No comments:

Post a Comment