बलात्कार पछि बिवाह गर्ने प्रथा

यति वेला किर्गिस्तानको मुख्य सडकमा दिनहु जसो
युवा तथा पुराना पिढीका व्यक्तिको जमघट भएको देखिन्छन् । दुवै समूहका आ-आफ्नै तर्क छन् । विवादको मुद्दा एउटै भए पनि युवा तथा पाका उमेरका व्यक्तिका विचार फरक छन् । किर्गिस्तानमा एउटा पुरानो प्रथा छ । यहाँ विवाह अगाडि महिलाको अपहरण र बलात्कारको प्रथा रहेको छ । अपहरणपछि महिलामाथि बलात्कार हुन्छ ।
बलात्कार गर्ने पुरुषले नै महिलासँग विवाह गर्ने पुरानो प्रथा किर्गिस्तानमा कायम छ । अब सरकारले पुरानो नराम्रो प्रथाको अन्त्य हुनुपर्छ भन्ने अडान लिएको छ । बलात्कारपछि विवाह गर्ने नियम महिलाको इच्छाविपरीत भएको सरकारले जनाएको छ । सरकारले यो नियम हटाउनुपर्ने भनी संसोधन विधेयकसमेत प्रस्तुत गरिसकेको छ ।
संसद्भित्र सरकारले राम्रो काम गर्न लागेको भए पनि सडकमा भने पाका उमेरका व्यक्तिले त्यसको विरोध गरेका छन् । युवा पिढीले सरकारको विधेयकको स्वागत गरेका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार किर्गिस्तानमा प्रत्येक वर्ष आठ हजार महिला बलात्कार तथा अपहरणमा पर्ने गर्छन् ।
सामान्यदेखि ठूला घरानासम्मका व्यक्तिले परम्परागत संस्कारलाई प्राथमिकता दिएका छन् । महिलाहरू समाजमा स्थान नपाउने डरले बलात्कार गर्ने व्यक्तिसँगै वैवाहिक सम्बन्ध गाँस्न बाध्य हुने स्थानीय एजेन्सीले जनाएका छन् । तर, कतिपय पुरुष भने अपहरित महिलासँग यौन सम्बन्ध राखेर भाग्ने गरेका पनि छन् । यस्तो जटिल अवस्थामा ती महिलालाई समाजले स्वीकार नगर्ने एजेन्सीले जनाए ।
किर्गिस्तानको महिला सहायक केन्द्र ९डब्लुएससी० का अनुसार वाषिर्क रूपमा विवाह गर्नका लागि १२ हजार महिलाको अपहरण तथा बलात्कार हुन्छ । यो रूढिवादी संस्कारको सबैभन्दा असर गरिब परिवारमा भएको देखिन्छ । यता, डब्लुएससीले ग्रामीण इलाकामा महिलाको संरक्षणसम्बन्धी काम गरिरहेको छ । डब्लुएससीको किर्गिस्तानको ग्रामिण भेगमा सक्रियता रहे पनि यहाँ दैनिकजसो सयौँ महिला अपहरणमा पर्ने गरेका छन् ।
यसैक्रममा ३८ बर्षिय जाविला मेवेवाले भनिन्, हाम्रो मुलुकमा पहिला महिलाको अपहरण हुन्छ, त्यसपछि बलात्कार र विवाह । सायद यो परम्परा संसारको कुनै पनि स्थानमा छैन होला । हाल जाविला डब्लुएससी केन्द्रमा आबद्ध छिन् । केही वर्षअगाडि एक धनी व्यक्तिले उनको अपहरण गरेका थिए । आफनो यौन प्यास पूरा भएपछि ती व्यक्तिले जाविलासँग विवाह गरेनन् । कसैले आफ्नो साथ नदिँदा जाविलाले केन्द्रमा सरण लिन आइन् । जाविला मात्र होइन, उनकी बहिनी पनि यस्तै दुर्घटनाको सिकार भएकी थिइन् ।
किर्गिस्तानमा डब्लुएससीलाई कैपन(१५५ संस्थाले समेत साथ दिइरहेको छ । पछिल्लो एक वर्षयता कैपन(१५५ संस्थाले पुरानो परम्पराविरुद्ध आन्दोलन गरिरहेको छ । किर्गिस्तानको स्थानीय कानुनमा १५५ धाराले विशेष अर्थ राख्छ । कसैको इच्छाविपरीत काम वा आपराधिक गतिविधि रोक्ने धारा नै १५५ हो । महिलाको इच्छाविपरीत विवाह गर्दा गैरकानुनी हुने कैपन(१५५ संस्थाको दाबी छ ।
ुमुलुकमा आपराधिक गतिविधि नियन्त्रण गर्ने धारा १५५ हो, हाम्रो मुख्य उद्देश्य पनि नियम लागू गर्ने हो,ु संस्थाले जनाएको छ । महिलासँग जोडिएको अनौठो संस्कार हटाउन कैपन(१५५ संस्थाले सडक आन्दोलन गरिरहेको छ । यो संस्थाले विकसित सहरदेखि ग्रामीण स्थानसम्म र्‍याली निकाल्दै जनचेतना बढाउने काम गर्दै आएको छ । डब्लुएससी तथा कैपन(१५५ को समर्थन सरकारले पनि गरेको छ ।
सरकारले पनि महिलामाथि हुने अन्यायविपरीत कानुन बनाउने तयारी गरिरहेको स्थानीय एजेन्सीले जनाएका छन् । अब आउने नयाँ कानुनमा महिलाको इच्छाविपरीत विवाह गर्न निषेध गरिने बताइएको छ ।
कसैले महिलाको अपहरणमा सहयोग गरेको देखिए ती व्यक्तिको परिवारका सदस्यलाई पनि कारबाही गरिने सरकारले जनाएको छ । मुख्य अपराधीलाई तीन वर्ष सजाय हुनेछ, परिवारका सदस्यलाई जरिवाना वा जेलसजाय हुनेछ, गृह मन्त्रालयले जनाएको छ ।
महिलाका पक्षमा वकालत गर्दै किर्गिस्तानका एक एमपी कोजोवेक पेसस्वीले भने, हामी महिलाको अपहरण गरी जबर्जस्ती विवाह गर्ने पुरुषलाई जेलमा राख्ने तयारी गरिरहेका छौँ, अबको कानुनले यस संस्कारलाई वैधानिकता दिनेछैन । सरकारले ल्याएको विधेयक संसद्ले पारित गरे केही दिनपछि नै महिलाको हक(अधिकारसम्बन्धी नयाँ कानुन जारी हुनेछ ।

No comments:

Post a Comment