कुकुरको बुद्दि कति सम्म हुन्छ थाहा छ ?


दुइ वर्षको पोटेटो डगी नामको कुकुरको क्षमता सुन्नुभयो
भने तपाइँ छक्कै पर्नुहुन्छ । यो कुकुर मान्छे भन्दा पनि बुद्धिमान छ । यसले गणितका हरहिसाब छिनभरमै समाधान गरिदिने मात्र होइन आफुले चिनेका मान्छेको उमेर र उनीहरुको फोन नम्बर पनि भनिदिन सक्छ ।

चीनको जियांग्सु प्रान्तमा रहेको यो कुकुर देख्नमा जति राम्रो छ बुद्धि पनि त्यस्तै छ । लू जेसेंग नामका व्यक्तिले पालेको यो कुकुर गणितका समस्या समाधान गर्न मान्छे भन्दा पनि अब्बल छ ।

जेसेंगले यो कुकुरलाई विशेष तामिल दिएर यस्तो बुद्धिमान बनाएका हुन् । यो तालिम प्राप्त कुकुरले जोड, घटाउ, गुणा, भाग जस्ता हरहिसाब चुड्कीको भरमा गरिदिन्छ । यो कुकुरको हिसाब गर्ने वा जवाफ दिने तरिका पनि अनौठो छ ।

यदि यो कुकुरलाई एक करोडमा कतिवटा अंक हुन्छन् भनेर सोधियो भने यो ८ चोटी भुक्छ । त्यसबाट बुझ्नुपर्छ की एक करोडमा ८ वटा अंक हुन्छन् । त्यस्तै ३।४४ र ३।५६ जोड्दा कति हुन्छ भनेर सोध्यो भने ऊ सात पटक भुकेर झ्वाट्टै जवाफ दिन्छ की यसको उत्तर ७ हो ।

यो कुकुरको स्मरण शक्ति यति धेरै तेज छ की यसले चीनको पहिलो एयरक्राफ्ट क्यारियरको अंक समेत याद छ ।

यो बुद्धिमान कुकुरलाई जेसेंगले आफ्नो सन्तान जस्तो गरी पालेका छन् । आफ्नो मालिकसँग खेल्न र घुम्न यो कुकुर निकै मन पराउँछ ।

No comments:

Post a Comment