बिकाश नगर्ने नेतालाई प्रवेश निषेध !


नेपालमा शिलान्यास भएको वर्षौसम्म पनि
पुल नबनेका धेरै उदाहरण छन् । यो हाम्रो मात्र समस्या भने होइन् । यस्तै समस्याबाट आजित भारत विहारका जनताले भने आफ्नो असन्तुष्टि जनाउने अनौठो तरिका अपनाएका छन् ।

स्थानीयबासीले गाउँ नजिकको नदीमा पुल चाहेका थिए, तर उनीहरुको माग सुनुवाई भएन । गाउँलेहरुले दुःखसुख गरेर आफ्ले पुल मात्र बनाएनन्, नेताहरुलाई प्रवेश निशेध समेत घोषणा गरेका छन् ।

मेल टुडेका अनुसार विहारको दरभंगा जिल्लाको बहादुरपुरमा कमलपुर(ब्रहृम्रोतर घाटका मानिसहरुले कमला नदीमा बाँसको पुल बनाएका छन् । साथै उनीहरुले पुल बनाउने माग सुनुवाई नगरेको भन्दै मन्त्री र विधायकलाई प्रवेश निशेधको घोषणा गरेका छन् ।

पुलमा लगाइएको व्यानरमा भनिएको छ(पुलमा जनप्रतिनिधि सांसद, विधायकलाई प्रवेश निशेध छ ।’ स्थानीयले पक्की पुल नबनेसम्म चुनाव बहिस्कारको समेत घोषणा गरेका छन् । सन् १९८५ मा नदीमा पुल बनाउन शिलान्यास गरिएको थियो, तर, अहिलेसम्म काम सुरु हुन सकेको छैन ।

No comments:

Post a Comment