सातौं तलाको डीलमा अडिएको घर


यो तस्वीर देख्दा तपाईलाई आश्चर्य
लाग्नसक्छ । तर, यो वास्तविकता हो । दक्षिण कोरियाली आर्टिस्ट डू हो सूहले सात वर्षको मेहनतपछि यो स्केच डिजाइनलाई मूर्त रुप दिन सफल भएका छन् ।
यूनिभर्सिटी अफ क्यालिफोर्नियाको सात तले भवनको किनारामा यस्तो संरचना बनाइएको छ, जुन अड्एिएर बसेको घर हो । डूले यस कटेजलाई फलेन स्टार नाम दिएका छन्, जुन यसको आधारसँग मिल्दोजुल्दो छ ।
आर्टिस्ट डूका अनुसार विश्वविद्यालय प्रशासनले यसलाई इन्जिनियरिङ विल्डिङ १ को माथि बनाउने अनुमथि दिएको थियो । क्याम्पसको तलबाट हेर्ने जो कोहीले पनि यो घरमा  एक सुन्दर बगैचा र भित्र १५ वाई १८ साइजको सुसज्जित हल छ भन्ने अनुमान लगाउन सक्दैनन् । जहाँ प्रवेश गर्दा झरेको जस्तो अनुभुति हुने गरी निर्माण गरिएको छ । यसले १ सय मिल प्रतिघण्टा रफ्तारको हावालाई थाम्न सक्छ । यसको वाल मोटाइ ४ इन्चको सट्टा १८ इन्च राखिएको छ ।

No comments:

Post a Comment