डाक्टरले उमारे युवतीको वक्षस्थलमा अनुहार


चीनका वैज्ञानिकले चिकित्सा विज्ञानमा चमत्कार
गर्दै एक किशोरीको वक्षस्थलमा अनुहारको सिर्जना गरेका छन् । पाँच वर्षको उमेरमै डढेर गम्भीर घाइते भई अनुहार कुरुप भएकी जु जियानमेइको वक्षस्थलमा अनुहार सिर्जना गरी त्यसलाई उनको अनुहारमा प्रत्यारोपण गरिएको हो ।अहिले १७ वर्षकी भएकी जुको फुजियानस्थित एक अस्पतालमा शल्यक्रिया गरी वक्षस्थलमा विकाश गरिएको अनुहारको आकृति डढेको अनुहारमै प्रत्यारोपण गरिएको हो । बाल्यकालमा गम्भीर रुपमा डढेपछि उनको चिउडो, परेला तथा कान लगायतका भाग गुमेका थिए ।
डाक्टरहरुले उनको शल्यक्रिया निशुल्क गरिदिएका छन् । वक्षस्थलमा अनुहारको विकाश गर्नका लागि चिकित्सकहरुले उनको खुट्टाबाट रक्तनली वक्षस्थलको मांशपेशीमा प्रत्यारोपण गरेका थिए । त्यसपछि पानीको भरिएको बेलुनको सहायताले वक्षस्थलको छालालाई पर्याप्त मात्रामा फैलावट गरी नयाँ अनुहारको आकृति तयार पारियो । त्यसपछि उक्त आकृतिलाई ८ घण्टाको सघन शल्यक्रिया पछि उनको अनुहारमा प्रत्यारोपण गरियो ।
शल्यक्रियापछि बिउँझिएकी जु ले जिवनमा १२ वर्षपछि आफुले मज्जासँग मुस्कुराउन पाएको र आफु निकै खुसी भएको बताइन् ।



No comments:

Post a Comment